आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गिरिजाप्रसाद कोइराला विश्वविद्यालय स्थापना गर्नुपर्छ : मन्त्री बडू

गिरिजाप्रसाद कोइराला विश्वविद्यालय स्थापना गर्नुपर्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका छन्।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका छन्। 

National life

शनिबार गिरिजाप्रसाद कोइरालाको ९९औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्वविद्यालय खोल्नुपर्ने बताएका हुन्। 

उनले अरु नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोइराला आदर्श र मूल्यमन्यताको प्रतीक भएकाले उनको नाममा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताए। 

मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यका साथ विश्वविद्यालय स्थापना हुनुपर्ने बताए। उनले जीपी कोइराला विश्वविद्यालय स्थापनार्थ सरकार सहयोग गर्न तयार रहेको बताए।

मन्त्री बडूले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा नै काठमाडौं विश्व विद्यालयका रूपमा पहिलो विश्वविद्यालय स्थापना गरेको र बहु विश्वविद्यालयको नीतिअन्तर्गत खोलेका विश्वविद्यालयले आफ्नो प्रतिस्पर्धा परिणाममा देखाइरहेको बताए। 

Shivam cement

मन्त्री बडूले क्षमतासहितको प्रतिष्पर्धी, उत्कृष्ट, आदर्श र उद्देश्य राखेर जीपी कोइराला विश्व विद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिवद्धता जनाए। 

'शिक्षा क्षेत्रको प्रतिष्पर्धाका कारणले आज ईन्जिनियरिङ र मेडिकल कजेल कति वटा छन्। व्यवस्थापनका क्षेत्रमा एक सय एक प्रतिष्पर्धा छ। यो नीति नेपाली काँग्रेसको थियो। हामीले बहु विश्वविद्यालयको नीति अन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो प्रतिष्पर्धा रिजल्टमा देखाइरहेका छन्’, उनले भने, ‘त्यसैले क्षमतासहितको प्रतिष्पर्धी, उत्कृष्ट आदर्श र उद्देश्य राखेर हामीले स्थापना गर्ने विश्व विद्यालय अवश्य पनि हामी सबैका निमित्त गौरवको विषय हुन्छ।’

प्रकाशित: Jul 02, 2022| 12:33 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...