आइतबार, असार ७, २०८३

फुट्यो माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी

पवन कार्कीको नेतृत्वमा १९९ सदस्यीय आयोजक समिति गठनको घोषणा गरिएको छ।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ। अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेसँगै संगठन औपचारिक रूपमै विभाजित भएको हो।

National life

‘अध्यक्षको समूहले विधान विपरीत पदाधिकारी तथा केन्द्रीय समितिको संख्या थपेपछि आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नुभएन,’ असन्तुष्ट समूहका उपदेश यादवले भने, ‘संगठनलाई विधानबमोजिम अघि बढाउन १९९ सदस्यीय आयोजक समिति निर्माण गरेका हौं।’

उनका अनुसार आयोजक समितिले संगठनलाई विधानबमोजिम काम गरी  सम्मेलनको तयारी गर्नेछ।

बानेश्वरस्थित नेपाल कमर्स क्याम्पसबाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरका विद्यार्थी नेताको समर्थन रहेको यादवको दाबी छ।


प्रकाशित: Jul 02, 2022| 12:12 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...