बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • काठमाडौं उपत्यकाबाट देखिएको मनमोहक गोधुली साँझ [तस्बिरहरू]

काठमाडौं उपत्यकाबाट देखिएको मनमोहक गोधुली साँझ [तस्बिरहरू]

भीडभाड, भागदौड अनि ब्यस्त जिन्दगीदेखि आरामको लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीको सायदै होला।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

काठमाडौं- भीडभाड, भागदौड अनि ब्यस्त जिन्दगीदेखि आरामको लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीको सायदै होला।

National life

किनकि, जहिल्यै र जताततै कामै कामको चाप हरेक राजधानीवासीको जीवनमा हुन्छ। त्यही कामको चापले नै होला एक शहरीयाले अर्को शहरीयालाई चिन्दैन र वास्ता गर्दैन पनि। तर यही ब्यस्त शहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ।

साँझपख कौसीमा टहलिने मात्र हो भनेपनि गोधुली साँझको भरपुर मज्जा लिन सकिन्छ। भरियाको दिनभरको थकान मेटाउने बेला, सबै पेशा व्यवसायीहरुको विश्राम लिने बेला, बालबालिकाहरु खेल्दै र रमाउँदै गल्लीहरुमा हसिलो अनुहार देखिने बेला, मठ–मन्दिरमा आरती, पूजापाठ र दियोको उज्यालो र गोधुली साँझमा रमाउँदाको मज्जा नै बेग्लै हुन्छ। यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ।

जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छ। निलो आकाशमा रातो अनि पहेलो रङ भरिन्छ। चराचुरूंगीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ, सडक छेउका बस्ती बाहेक। आजभोलि सूर्यास्तसँगै राजधानीका गोधुली साँझहरु रंगीन छन्।

सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट धाउने राजधानीवासीले फुर्सद निकालेर कौसीमा बस्ने मौका निकाल्न हो भने भरपुर आनन्द लिन सकिन्छ। हल्का बादल भएको बखत दक्षिणी क्षितिज पहेँलो अनि रातो हुन्छ।

Shivam cement

बादल फाटेको साँझ सूर्यास्त हेर्न रमाइलो हुन्छ। पछिल्लो समय निरन्तरको झरिका कारण प्रदूषण हटेको छ। शहरका अग्ला भूभाग भक्तपुर,कपनजस्ता ठाँउबाट साँझको सूर्यास्त हेर्न लालयित बन्छन् हरेक नयनहरू।

दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर देखिन्छ।

न्यूज एजेन्सी नेपालले खिचेका तस्बिरहरू


 

प्रकाशित: Jul 02, 2022| 12:07 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।