बुधबार, वैशाख २६, २०८१

बाढीपहिरोको जोखिममा बटौली

एक वर्षदेखि बाढीपहिरो नियन्त्रणका लागि भनेरै स्थानीय सरकार र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले काम गर्दै आए पनि पानी परेपछि त्रास पुनः बल्झिन्छ।
 |  शनिबार, असार १८, २०७९

विनोद परियार

विनोद परियार

शनिबार, असार १८, २०७९

बुटवल– बर्खामास सुरु भएसँगै लुम्बिनी प्रदेशको व्यस्त व्यापारिक सहर बुटवल बाढीपहिरोको उच्च जोखिममा पर्छ। तिनाउ नदी किनारका बस्तीमा बाढी र ज्योतिनगरको पहिरोका कारण बुटवल बजार क्षेत्र उच्च जोखिममा परेको हो। गत वर्ष भदौमा परेको निरन्तरको वर्षापछि ज्योतिनगर, लक्ष्मीनगर क्षेत्र चुरे पहिरोका कारण उच्च जोखिममा परेको छ।

triton college

बुटवल बजारको शिरमा रहेको चुरे छियाछिया भएको दृश्य आँखै अगाडि देख्न सकिन्छ। बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले ज्योतिनगर र लक्ष्मीनगर पहिरोबाट नागरिकलाई बचाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। तर अहिले निरन्तर पानी पर्न थालेपछि स्थानीयमा त्रास थपिँदै गएको छ ।

चुरेको पहिरो बस्तीमा पस्न थालिसकेको छ। गत वर्ष २३ वर्षपछि आएको बाढीले ज्योतिनगर आसपासका १३ घरपरिवार प्रभावित भएका थिए। एक वर्षदेखि पहिरो नियन्त्रणका लागि भनेरै स्थानीय सरकार र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले काम गर्दै आएका छन्।

एक वर्षदेखि बाढीपहिरो नियन्त्रणका लागि भनेरै स्थानीय सरकार र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले काम गर्दै आए पनि पानी परेपछि त्रास पुनः बल्झिन्छ।

तर पानी पर्न थालेपछि अवस्था पुनः बल्झिन्छ। ‘पानी पर्न थालेपछि रातभर जाग्राम बस्नुपर्छ,’ गत वर्षको बर्खाले प्रभावित खिमा खत्री भन्छिन्, ‘पोहोर भदौ १३ र १४ गते चुरे पहाडबाट पहिरो आउँदा ज्योतिनगरका १३ घरपरिवार महिना दिनसम्मै अन्यत्र बसाइँ सरेका थिए। चुरेबाट बगेको लेदोसहितको बाढी बुटवलको मुख्य बजार क्षेत्रसम्म आइपुगेको थियो।’

लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय, ट्राफिक चोक हुँदै हस्पिटल लाइनसम्मै सडकमा लेदो बगेको थियो। ‘यो वर्ष चुरे पहिरो नियन्त्रणका लागि २ करोड ३० लाख बराबरको काम भएको छ,’ राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यान्वयन इकाइ बुटवल रूपन्देहीका प्रमुख राजन रेग्मीले भने।

corrent noodles
Metro Mart

उनले चुरे आफैंमा कमजोर भएकाले पहिरो शतप्रतिशत रोकिन्छ भन्ने नरहेको बताउँदै गत वर्षभन्दा कम क्षति हुने दाबी गरे। पहरो नियन्त्रण गर्न खोलाको धारलाई पाल्पातर्फ मोड्ने, छिद्र टाल्ने र रिटेनिङवालको काम गरिएको उनले जानकारी दिए।

त्यसो त, ज्योतिनगर क्षेत्रमा २०५५ भदौ २० गते पहिरोले ५७ घर विस्थापित बनाएको थियो ।

तिनाउ किनारका बासिन्दा झनै त्रासमा

Write the caption here...बुटवलको तिनाउ नदीमा आएको बाढीका कारण भत्किने अवस्थाका घर।
गत वर्ष तिनाउ नदीमा आएको बाढीले बुटवल–११ बुद्धनगरकी टीका परियारको घर बगाएको थियो। घर बगे पनि बस्ने थातथलो नभएपछि भत्किएको घरसँगै सटेको छिमेकीको घर भाडामा बस्दै आएका थिए। तर ३ दिनदेखि लगातारको वर्षापछि परियारको बचेको जग्गा पनि बगाइदिएको छ।

खोलाले घरलाई तिनाउमा झुन्ड्याइदिएपछि यो परिवार विचल्लीमा परेको छ। ‘पोहोर पनि बाढीले घर बगाएपछि घर न घाटको भइयो,’ बाढीले बगाएको घर हेर्दै टीकाले भनिन्, ‘अहिले हामी बस्न सक्ने अवस्थामा छैनौं। कसैले हाम्रो व्यथा सुनेनन्।’ तिनाउ नदीलाई बस्तीतिर सोझ्याउने काम गरेकै कारण बस्ती जोखिममा परेको उनले दाबी गरिन्।

तटबन्ध गरिए पनि आफूहरूको घरतिर पानी आउने ठाउँ बन्द नगर्दा बचेको आँगनको सानो भाग पनि बाढीले बगाएको गुनासो उनको छ। ‘चुनाव आउने बेला अलिअलि काम गरेजस्तै गर्नुभएको थियो। चुनाव सकियो, काम पनि रोकियो,’ टीकाले भनिन्, ‘यस्तो समस्यामा बस्दासम्म कोही पनि आउनुभएन। हामी यहाँ बस्न सक्दैनौं। उद्दार कहिले हुने हो?’

तिनाउमा पानीको सतह बढ्न थालेपछि रातभर जाग्राम बस्नुपरेको अर्की स्थानीय सरस्वती परियारले बताइन्। सरस्वती र टीका दिदीबहिनी हुन्। दुवै जना गत वर्ष बाढीले बगाएको घरसँगै जोडिएको अर्काको घरमा मासिक ६ हजार भाडा तिरेर बस्दै आएका छन्।
‘पानी परिरहेको छ। हामी सुरक्षित ठाउँमा जान चाहन्छौं तर जाने ठाउँ छैन। सरकारले हेर्दै हेरेन,’ उनको गुनासो छ।

तिनाउको भेल उर्लिन थालेपछि बुद्धनगर नदी छेउका बासिन्दा जाग्राम छन्। असार १५ मा झमझम पानी परिरहँदा बुटवल उपमहानगरका जनप्रतिनिधि रोपाइँमा व्यस्त भए। तर बुद्धनगरबासी भने उर्लिएको तिनाउ हेर्दे पिरोलिँदै थिए।

तिनाउ नदी किनारका बस्तीमा बाढी र ज्योतिनगरको पहिरोका कारण बुटवल बजार क्षेत्र उच्च जोखिममा परेको हो।

तिनाउ हेर्दे टोलाउँदै गरेकी तिलकुमारी कुँवर बाढीकै कारण कतिखेर विस्थापित हुनुपर्ने भन्दै पीडामिश्रित आँखाबाट आँसु झार्छिन्। उमेरले ५१ टेकेकी दिलकुमारीको छोरासँग तिनाउ छेउको सानो ब्लकको घर छ। तर बाढीले दिलकुमारीको मन कुँडिएको छ। न अन्त जान सक्छिन्, न त त्यहाँ बस्न नै।

उनले भनिन्, ‘जाने ठाउँ छैन, बस्न बाढीकै त्रास।’ आफूहरूलाई सुरक्षित ठाउँमा राख्न उनले स्थानीय सरकारसँग आग्रह गर्छिन्। उनी २०५९ देखि बुद्धनगर शिवालय टोलमा बस्दै आएकी छन्।

दिलकुमारी मात्रै होइन, अहिले बुद्धनगर क्षेत्रका नागरिक त्रसित छन्। तिनाउ नदीको बहाव बुद्धनगरतर्फ केन्द्रित हुन थालेपछि जोखिम बढेको छ। स्थानीय जनप्रतिनिधिले बाढीपहिरो नियन्त्रणमा काम गर्ने वाचा गरे पनि विभेदकारी नीति लिएको पीडितको गुनासो छ।

बुटवलको तिनाउ नदी अतिक्रमण भएकै कारण नदीको बहाव क्षेत्रमै धमाधम घर निर्माण भइरहेका छन्। बुटवल उपमहानगरले पहिले खोलो हिँडेको क्षेत्रमा सडक कालोपत्रे गरिदिएको छ। तर बाढीले सताइरहेका नागरिकले भने आफूहरूलाई संरक्षण नगरेको गुनासो गरिरहेका छन्।

बुटवल उपमहानगरका प्रवक्ता शिव राना उपमहानगरले विपद्मा परेका नागरिकलाई अलपत्र नपार्ने दाबी गर्छन्। विपद्का बेला तत्कालै रेस्पोन्स टोली बनाएर कोही पनि नागरिकलाई जोखिममा बस्न नपर्ने गरी तयारी भइरहेको उनले बताए।

‘हाम्रो प्राथमिकता नै विपद् हो। विशेष टोली बनाएर काम भइरहेको छ,’ प्रवक्ता रानाले भने।  निरन्तर वर्षा हुन थालेपछि बुटवलको बुद्धनगर, सिर्जनानगर, प्रगतिनगर, सुन्दरनगर, पवित्रनगर, मझुवा क्षेत्रका नागरिकले त्रासमै रात गुजार्न थालेका छन्। बुटवल उपमहानगर–११ मा पर्ने बस्ती बढी बाढीको जोखिममा छन्। २०७३ साउन ११ गतेको बाढीले बुद्धनगर र देवीनगर जोड्ने झोलुंगे पुलसहित ६ घर बगाएको थियो।

तिनाउले १०/१० वर्षको अन्तरमा ठूलो क्षति गराउँदै आएको छ। २०३८ मा आएको बाढीले पूर्व–पश्चिम जोड्ने तिनाउ पुल नै बगाएको थियो। यसैगरी २०५५, २०६५ र २०७३ मा तिनाउमा आएको बाढीले ठूलो क्षति पुर्‍याको थियो।

प्रकाशित: Jul 02, 2022| 10:28 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।