आइतबार, असार ७, २०८३

प्रधानमन्त्री देउवासहित प्रचण्ड र नेपाल आज निजगढ जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तासाझेदार दलका प्रमुख नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार बाराको निजगढ जाने भएका छन्।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तासाझेदार दलका प्रमुख नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार बाराको निजगढ जाने भएका छन्। 

National life

प्रस्तावित निजगढ विमानस्थल निर्माणको लागि स्थलगत अवलोकन गर्न शीर्ष नेता त्यहाँ जान लागेका हुन्। 

प्रधानमन्त्री देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच शुक्रबार भएको भेटमा स्थलगत अवलोकनमा जाने कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ। 

निजगढ विमानस्थल निर्माणका सम्पूर्ण प्रक्रिया खारेज गर्न आदेश दिएको सर्वोच्च अदालतले बिहीबार पूर्णपाठ दिएको छ। त्यसमा वातावरणीय क्षति न्युन हुने गरी उपयुक्त स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारलाई सुझाब दिइएको छ। त्यसैले शीर्ष नेता निजगढ जान लागेका हुन्।

प्रकाशित: Jul 02, 2022| 06:55 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...