सोमबार, साउन २५, २०८३

सत्ता गठबन्धनको बैठक बस्दै, बागमतीको सत्ता विवादबारे छलफल हुने

पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा बागमती प्रदेशमा देखिएको विवादका बारेमा छलफल हुनेछ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा बागमती प्रदेशमा देखिएको विवादका बारेमा छलफल हुनेछ।

यस्तै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा समेत छलफल हुने बुझिएको छ। बागमतीमा अहिले नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। 

पाण्डे र भट्टलाई हटाएर नयाँ मुख्यमन्त्री चयन गर्ने सन्दर्भमा शुक्रबारको बैठक केन्द्रित हुनेछ। बागमती प्रदेशको मुख्यमन्त्रीमा पूर्व सहमति अनुसार कांग्रेसले दाबी गर्दै आएको छ। 

यस्तै  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले दाबी गरेको छ। यद्यपि बैठकको समय भने तय भइनसकेको बालुवाटार स्रोतले जानकारी दियो। जनता समाजवादी पार्टीले भने मन्त्री फेरबदलको विषयलाई गठबन्धनमा प्रवेश गराउने भएको छ।

प्रकाशित: Jul 01, 2022| 12:39 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...