आइतबार, असार ७, २०८३

ओली भविष्यवाणी : सत्ता गुम्दाको छटपटाहट मात्र

नेपालको राजनीतिमा उलटफेर भई समीकरण भताभुंग हुने, एउटाले एउटा खाँबो बोक्ने, अर्कोले अर्को बलो बोकेर हिँड्ने ओली भविष्यवाणी सत्ता वहिर्गमनको छटपटाहट भएको पुष्टि।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं– स्थानीय निर्वाचन आउन जम्मा ४ दिन मात्रै बाँकी थियो। नेकपा एमाले अध्यक्ष केपी ओलीले गत वैशाख २६ गते एक टेलिभिजनसँगको ‘टक सो’मा एमालेले स्थानीय निर्वाचन क्लिन स्विप गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाको पाँचदलीय गठबन्धनको सरकार ढल्ने भविष्यवाणी गरेका थिए।

National life

आज १७ असार। ओली भविष्यवाणी मिल्दो हो त देउवा सरकार ढलेर अर्को सरकार बन्ने प्रक्रिया सुरु हुँदो हो! राजनीतिमा चतुर खेलाडी मानिने ओलीले बहुमतको तत्कालीन नेकपा सरकार ३ वर्षसम्म हाँके पनि पार्टीभित्रको विवाद मिलाउन नसक्दा आफैं वहिर्गमनमा परे।

प्रधानमन्त्रीबाट बाहिरिनुपरेको र बहुमतको सरकारको तालाचाँबी संसद्मा झिनो मतमा रहेको कांग्रेसलाई बुझाउनुपर्दा ओलीमा उबेला छटपटी थियो। त्यो छटपटीलाई भविष्यवाणीको तुरुपको रूपमा आकेलेको प्रस्टै देखिन्छ। प्रधानमन्त्री देउवा ज्योतिषीमा असाध्यै भर गर्छन्, खासगरी प्रधानमन्त्री पदका लागि। यसको उदाहरण ओली वहिर्गमनपछि प्रधानमन्त्री बनेर बालुवाटार चिर्दा ज्योतिषीले दिएको समयलाई ख्याल गर्छन्। गरिरहेका छन्।

‘शेरबहादुरजी ज्योतिषमा बडो विश्वास गर्नुुहुन्छ। आउँदो असार महिना नेपालको राजनीतिमा उलटफेरवाला हुनेवाला छ । उहाँले आफ्नो ज्योतिषलाई बोलाएर सोधे हुन्छ,’ टेलिभिजन अन्तर्वार्तामा ओलीले भनेका थिए, ‘नेपालको राजनीतिमा उलटफेर भई समीकरण भताभुंग हुने, एउटाले एउटा खाँबो बोक्ने, अर्कोले अर्को बलो बोकेर हिँड्ने हुनेछ।’

सत्तारुढ पाँच दलभित्रको किचलोलाई क्याच गरेर पुनः प्रधानमन्त्री बन्ने ओली योजनाको अंकगणितले राजनीतिलाई थप प्रदूषित बनाउने छनक देखिँदै छ।
स्थानीय निर्वाचनको मुखमै ओलीले देउवा सरकार र गठबन्धनबारे दिएको अभिव्यक्तिको भविष्यवाणीबारे त्यतिबेला एमालेहरूले स्वागत गरे भने कतिपयले यो विषयलाई मजाक भन्नसमेत भ्याए। निर्वाचन नजिकिँदै जाँदा ओलीले गरेको भविष्यवाणीबारे राजनीतिक तहमा खासै प्रतिक्रिया बाहिरिएनन्। सबै राजनीतिक दलका नेताहरू स्थानीय निर्वाचनमा होमिइसकेका भए।

असार १७ गतेसम्म आइपुग्दा न देउवा सरकार विघटन हुने संकेत देखिएको छ,  न त पाँच दलीय गठबन्धनमा सुलह भएको छ। बहुमतको सरकार हाँकेका पार्टी अध्यक्ष अध्यक्ष र पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कुन आधारमा मिति नै तोकेर त्यस्तो भविष्यवाणी गरे थिए भन्ने अहिलेसम्म प्रस्ट हुन सकेको छैन।

सत्ता गुमाउनुको पीडामा रहेका ओलीमा राजनीतिक धरातल शून्य भएपछि छटपटाहट देखिँदा त्यतिबेलाको ज्योतिषीको भविष्यवाणीमा विश्वास गरेको देखियो। कांग्रेस नेता चन्द्र भण्डारी भन्छन्, ‘सत्ता गुमाउनुपर्दाको पीडामा राजनीतिक दलका नेताहरू वैचारिक रूपमा अन्टसन्ट बोल्ने गर्छन्। ओलीले पनि त्यही गरेका हुन्।’

Shivam cement

उनले ओलीले ज्योतिषसँग सोधेर त्यो कुरा बाहिर ल्याए पनि ज्योतिष विद्यामा यो प्रधानमन्त्री हुने, त्यो नहुने भन्ने नै हुन्न।’

त्यतिबेला ओलीले स्थानीय निर्वाचनको  एक महिनापछि ग्रहदशाको दृष्टिकोणले असाधारण अवस्था रहने दाबी गरेका थिए। उनले अगाडि भनेका थिए, ‘आफैंले भताभुंग पार्ने स्थिति छ । शेरबहादुरजीलाई आग्रह गर्दछु, ज्योतिषलाई बोलाएर सोध्नुस् । असार १७ गते कस्तो दिन छ?’ 

ओलीले सत्ता गुमाउनुपरेको पीडा टेलिभिजन अन्तर्वार्तामा मात्रै होइन, पार्टीका सार्वजनिक कार्यक्रममा समेत गर्दै आएका छन्। आफूले गरेको भविष्यवाणी मेल नखाएपछि अघिल्लो स्थानीय निर्वाचनमा करिब ७० प्रतिशत पालिकामा कब्जा जमाएको एमाले दोस्रो स्थानमा खुम्चिएको छ।

ओलीले पछिल्लो समय नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री अफरसमेत दिइसकेका छन्। एमालेबाट चोइटिएर बनेको नेकपा एसका नेताहरूलाई पनि ललिपप दिन थालेका छन्। कांग्रेसको गठबन्धनलाई टुटाउन सके आफू पुनः प्रधानमन्त्री हुन सक्ने ठम्याइ ओलीमा छ।   

७ वटै प्रदेशमा बहुमतमा रहेको सरकार ढलेर गठबन्धले कब्जा जमाएको छ। एमालेका लागि सत्ता टाढिँदै जाँदा ओलीले पछिल्लो समय नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री अफरसमेत दिइसकेका छन्। एमालेबाट चोइटिएर बनेको नेकपा एसका नेताहरूलाई पनि ललिपप दिन थालेका छन्। कांग्रेसको गठबन्धनलाई टुटाउन सके आफू पुनः प्रधानमन्त्री हुन सक्ने ठम्याइ ओलीमा छ।   

आगामी संघीय र प्रदेशसभाको निर्वाचन घोषणा तयारी भइरहँदा सत्तारुढ गठबन्धनको घटक जसपा नेपालभित्र शक्ति संघर्ष चुलिएको छ भने पार्टी विभाजन हुने अवस्थामा पुगिसकेको छ। बुधबारको जसपा बैठकमा बाबुराम भट्टराई र उपेन्द्र यादवबीच सहमतिमै पार्टीबाट अलग हुने निर्णय भइसकेको छ। 

बागमती प्रदेशमा गठबन्धन घटकबीच सरकार परिवर्तनको रस्साकस्सी सुरु भएको छ । कांग्रेसमा पनि शेखर कोइराला र संस्थापन शेरबहादुर देउवा पक्षबीच असन्तुष्टिका स्वर बाहिर आउन थालेका छन्। 

नेकपा माओवादी केन्द्रभित्र एउटा समूह वामपन्थी तालमेलका लागि प्रयासरत छ। एकीकृत समाजवादीभित्र पनि यो मत बलियो छ। सरकारबाट मन्त्री फिर्ता गरेसँगै नेकपा एसभित्र पनि आन्तरिक विवाद झाँगिएको छ। 

सत्तारुढ पार्टीहरूभित्र मतमतान्तर भइरहे पनि सरकार ढल्ने र सत्तारुढ गठबन्धन भताभुंग हुने अवस्था अहिले नै आइसकेको छैन। सत्तारुढ गठबन्धनका दलभित्र पर्दै गएको चिरालाई आफूतिर ल्याउन एमाले अध्यक्ष ओली अहिले पनि सक्रिय छन्।

स्थानीय निर्वाचनअघि ओलीले सत्तारुढ गठबन्धनलाई किलोको ढक र नेकपा एमालेलाई क्विन्टल भनेर व्याख्या गरेका थिए। सबै दल मिलेर आए पनि स्थानीय तहमा एमाले विजयी हुने उनको भविष्यवाणी थियो । तर, स्थानीय तहको निर्वाचन परिणामले एमालेलाई दोस्रो स्थानमा पुर्‍याएको छ।

प्रकाशित: Jul 01, 2022| 11:48 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...