सोमबार, साउन २५, २०८३

प्रचण्ड र राजेश हमालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ।

शुक्रबार बिहान प्रचण्डलाई भेट्न हमाल उनकै निवास खुमलटार पुगेका थिए। उनीहरूबीच भेटका क्रममा राष्ट्रिय राजनीतिबारे कुरा भएको संगीतकार चेतना सापकोटाले बताए। 

भेटवार्तामा हमालले प्रचण्डको खुलेर प्रशंसा गरेका बताइएको छ। भेटमा सङ्गीतकार चेतन सापकोटा पनि सहभागी थिए।

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधुप चलिरहेको बेला हमालले प्रचण्डलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

अध्यक्षको आकाङ्क्षी कलाकारहरू नायक भुवन केसी, निर्देशक सम्झना उप्रेती, सुचित्रा श्रेष्ठ लगायतले राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरिरहेका छन्।

प्रकाशित: Jul 01, 2022| 11:14 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...