आइतबार, असार ७, २०८३

मन्त्रीहरूलाई फिर्ता बोलाउँदै जसपा

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्‍ अध्यक्ष बाबुराम भट्टराई पार्टीबाट बाहिरिँदै गर्दा पार्टीले सरबारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्‍ अध्यक्ष बाबुराम भट्टराई पार्टीबाट बाहिरिँदै गर्दा पार्टीले सरबारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ। 

National life

जसपाका अध्यक्ष उपेन्द्र यादवले हालका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने तयारी गरेका हुन्। नयाँ व्यक्तिलाई सरकारमा पठाउने भने पनि कसलाई पठाउने भन्ने बारेमा गृहकार्य भइरहेको यादवले बताए।

'को–कोलाई सरकारमा पठाउने भन्ने टुंगो लागिसकेको छैन। यस बारेमा हामीले पार्टीभित्र परामर्श र छलफल गरिरहेका छौं,' उनले भने।

हाल सरकारमा जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव छन्।

प्रकाशित: Jul 01, 2022| 11:01 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...