आइतबार, असार ७, २०८३

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे बस्न लागेको हो।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं- संघीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे बस्न लागेको हो। 

National life

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस्, आर्थिक विधेयक २०७९ पारित गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ पारित गरियोस्, ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक, २०७९ पारिरत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफाबार छलफल गरियोस्, औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरियोस्, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) २०७९ माथि सदनमा दफाबार छलफल गरियोस्, वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) २०७९ पारित गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक २०७९ माथि सदनमा दफाबार छलफल गरियोस्, रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रकाशित: Jul 01, 2022| 09:46 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...