काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज पनि बस्ने भएको छ। आज अपरान्ह २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बस्ने भएको हो।
बैठकमा हिजोको कस्तो खालको विद्रोहको घोषणा गर्ने र अबको कदम के हुने भन्ने बारेमा आजको बैठकले टुंगो लगाउने बताइएको छ।
बिहीबार अनुपम फुडल्याण्डमा भएको भेलामा रचनात्मक बिद्रोह (कन्स्ट्रक्टिभ रिभोल्ट) गर्नुपर्ने कुरा उठेको थियो।