आइतबार, असार ७, २०८३

स्थानीय तह निर्वाचनबारे कांग्रेसको समीक्षा प्रतिवेदन पारित

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

काठमाडौं- नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ। बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो।

National life

बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु तथा समितिका सदस्यहरुले प्रतिवेदनका विषयमा विभिन्न सुझाव दिएका थिए। समिति सचिवालयकी संयोजक नानु बाँस्तोलाका अनुसार ती सुझावलाई समेटेर प्रतिवेदन कांग्रेसको केन्द्रिय समिति बैठकमा पेस गर्ने निर्णय भएको जानकारी दिएकी हुन्। 

‘नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको आज बैठक सम्पन्न भएको छ। बैठकमा स्थानीय तह निर्वाचनको विषयमा समीक्षा गरिएको छ,' उनले भनिन्, 'आजको बैठकमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिले

प्रतिवेदन तयार पारेको थियो। त्यो प्रतिवेदनको विषयमा आन्तरिक छलफल गरेर हामीले प्रतिवेदनलाई पास गरेका छौँ।' परिचालन समितिको सचिवालय उनले समितिको प्रतिवेदनमा उपसमितिहरुले दिएका प्रतिवेदनहरुलाई पनि समावेश गरिएको बताइन्। 


प्रकाशित: Jun 30, 2022| 18:40 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...