मंगलबार, असार १७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

प्रमाणपत्र पेस गर्ने कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायतको उपस्थिति रहेको थियो। श्रीवास्तव चीन मामिलाका जानकार मानिन्छन्।
 |  बिहीबार, असार १६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

vianetvianet

काठमाडौं- नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएका छन्। बिहीबार राष्ट्रपति निवासमा पुगेर श्रीवास्तवले सोहदाको प्रमाणपत्र पेस गरेका हुन्। 

प्रमाणपत्र पेस गर्ने कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायतको उपस्थिति रहेको थियो। श्रीवास्तव चीन मामिलाका जानकार मानिन्छन्। 

उनी शनिबार काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।  नेपालका लागि राजदूत नियुक्त हुनुअघि भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको रुपमा कार्यरत श्रीवास्तव भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणअघि मे १७ मा राजदूत नियुक्त भएका थिए। 

यसअघि उनले पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीचको झडपपछिको तनाव समाधानका लागि विशेष पहल गरेका थिए। श्रीवास्तवले यसअघि कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालिसकेका छन्। त्यस्तै मस्कोमा आयोजित सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलनका क्रममा भएको चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीचको साइडलाइन वार्तामा समेत श्रीवास्तव सहभागी थिए।

यसअघिका राजदूत विनयमोहन क्वात्रालाई भारतीय विदेश मन्त्रालयको सचिवमा नियुक्त गरेपछि भारतले काठमाडौंमा नयाँ राजदूतको रुपमा श्रीवास्तवलाई पठाएको हो। 

प्रकाशित: Jun 30, 2022| 18:24 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...