सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय निर्वाचनको समीक्षा गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

स्थानीय निर्वाचनको समीक्षा गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। वैशाख ३० गते सम्पन्‍न स्थानीय निर्वाचनबारे समीक्षा गर्नका लागि असार २७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका छन्।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

काठमाडौं- नेपाली कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। वैशाख ३० गते सम्पन्‍न स्थानीय निर्वाचनबारे समीक्षा गर्नका लागि असार २७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका छन्। 

उनका अनुसार बैठक सानेपास्थित पार्टी कार्यालयमा बस्‍ने भएको छ। कांग्रेसले निर्वाचन सकिएको डेढ महिना बितिसक्दा पनि स्थानीय तहको निर्वाचनको समीक्षाका लागि बैठक बोलाएको थिए। 

पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउनका लागि शेखर कोइराला समूहले पनि बिहीबार बैठक जारी रहेको छ। 

प्रकाशित: Jun 30, 2022| 17:51 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...