सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धन कायम राख्न र लोकप्रिय व्यक्तिलाई टिकट दिन कांग्रेस निर्वाचन परिचालन समितिको सुझाव

गठबन्धन कायम राख्न र लोकप्रिय व्यक्तिलाई टिकट दिन कांग्रेस निर्वाचन परिचालन समितिको सुझाव

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले संसदीय निर्वाचनसम्मै गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले संसदीय निर्वाचनसम्मै गठबन्धन कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ। स्थानीय तह निर्वाचन परिचालन समितिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि गठबन्धन कायमै राख्नुपर्ने निष्कर्ष निकालेको हो। 

उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा अधिनायकवादी प्रवृत्ति र संस्कृतिलाई परास्त गर्न गठबन्धन आवश्यक रहेको उल्लेख छ। यस्तै गठबन्धनका बारेमा कांग्रेसभित्र कायम रहेको भ्रम र असन्तुष्टिलाई स्थानीय निर्वाचनको आलोकमा वस्तुगत समीक्षा गरेर समान धारणा बनाउनुपर्ने आवश्यक प्रतिवेदनमा खुट्याइएको छ। 

‘गठवन्धनको मर्म र भावनालाई मतदातासम्म पुर्याउन केन्द्रको जस्तै संयन्त्रलाई प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रसम्म तयार गर्ने,’ प्रतिवेदनमा भनिएको छ। गठबन्धन गर्दा बार्गेनिङ पावर बढाउन चुनावसँग सम्बन्धित तथ्यांक समयमै संकलन गर्नुेपर्ने आवश्यकता समितिले औंल्याएको छ। ‘गठबन्धनमा कांग्रेसको बार्गेनिङ शक्ति बढाउन हरेक जिल्ला र चुनाव क्षेत्रका चुनावसँग सम्बन्धित तथ्य तथ्यांकहरु समयमै संकलन गर्ने,’ प्रतिवेदनमा भनिएको छ, ‘गठबन्धन दलहरुबीच तालमेल गर्दा दलहरुले पाउने उम्मेदवारीको संख्या निर्वाचन प्रक्रिया सुरु हुनुभन्दा पहिले नै टुंगो लगाउनु पर्ने।’

निर्वाचन घोषणापत्र तयार गर्दा नयाँ पुस्ताका मतदातालाई आकर्षित गर्ने खालका कार्यक्रमहरु समावेश गर्नु पर्ने र प्रचार सामग्रीलाई राष्ट्रिय भाषाका साथै प्रमुख स्थानीय भाषासमेतमा प्रकाशन तथा प्रसारमा प्राथमिकता दिनुपर्ने निष्कर्ष समितिको छ। यस्तै उम्मेदवारको चयन गर्दा जनतासँग प्रत्यक्ष रुपमा भिजेका लोकप्रिय, स्वच्छ छवि भएको, क्षमतावान र जनताको काममा निरन्तर खटेका व्यक्तिलाई चयन गर्दा निर्वाचन जित्न सहज हुने ठम्याइ समितिको छ।

समितिले स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि गठित उपसमितिको प्रतिवेदनसमेतलाई समेत आधार मानेर तयार गरेको प्रतिवेदनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीलाई १९ बुँदे सुझाव उल्लेख गरिएको छ।

प्रकाशित: Jun 30, 2022| 14:46 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...