आइतबार, असार ७, २०८३

प्रधानमन्त्रीले समयबद्ध काम गर्न सक्नुभएन : पौडेल

पूर्व सांसद मञ्च नेपालले ६४औं संसद दिवसका अवसरमा संघीय संसद सचिवालयमा गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन्।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवाले सँधै हतार छ भने पनि कामहरु अलपत्र छाड्ने गरेको बताएका छन्।

National life

उनले देउवाले समयबद्ध रूपमा काम गर्न नसकेको बताए। पूर्व सांसद मञ्च नेपालले ६४औं संसद दिवसका अवसरमा संघीय संसद सचिवालयमा गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन्।

उक्त कार्यक्रममा प्रधानमन्त्री देउवा रहे पनि काम छ भन्दै सबैभन्दा पहिले बोलेर निस्किएका थिए।

'हाम्रो प्रधानमन्त्रीजी हतार छ भनेर जानुभयो। ठिक छ, देशको प्रधानमन्त्रीलाई समय कम हुन्छ मलाई त्यो पनि थाहा छ,' उनले भने, 'सबै प्रधानमन्त्रीलाई हुन्छ। तर हाम्रो प्रधानमन्त्रीलाई कति हतार छ भन्ने कुरा त कामकारबाहीबाट देखिन्छ। प्रधानमन्त्रीले मलाई समय पुगेन भन्ने, काम सधैं अलपत्र छाड्ने?' उनले पार्टीमा पनि महाधिवेशन भएपछि छ महिनाभित्र गर्नुपर्ने काम अलपत्र रहेको बताएका थिए।

प्रकाशित: Jun 30, 2022| 13:44 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...