आइतबार, वैशाख २८, २०८२

सहमतिमै छुट्टिन तयार भए बाबुराम–उपेन्द्र

संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवबीच सौहाद्रपूर्ण वातावरणमै पार्टी विभाजन गर्ने सहमति भएको हो।
 |  बिहीबार, असार १६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

vianetvianet
triton college
National life insurance

काठमाडौं– आन्तरिक किचलोमा अल्मलिएको जनता समाजवादी पार्टी(जसपा) विभाजनको मुखमा पुगेको छ। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवबीच सौहाद्रपूर्ण वातावरणमै पार्टी विभाजन गर्ने सहमति भएको हो। 

सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बुधबार यादव र भट्टराईबीच छलफल भएको थियो। छलफलमा कार्यकर्ता अन्तरघुलित हुन नसकेकाले सहमतिमै छुट्टिनुपर्ने प्रस्ताव बाबुरामले राखेका थिए। उक्त प्रस्तावमा यादवले सहमति जनाएपछि सहमतिकै आधारमा जनता समाजवादी पार्टी फुट्ने भएको हो।

यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भएको थियो। एकतापछि संघीय समाजवादी पार्टी बनेको थियो। संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाखमा एकता भएर जसपा बनेको थियो।

प्रकाशित: Jun 30, 2022| 13:09 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...