शनिबार, माघ ५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

महाकाली सन्धिको २६ वर्षमा बल्ल पायो नेपालले पानी

एकीकृत महाकाली सन्धि भएको झण्डै २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणमार्फत पानी प्राप्त गरेको छ।
 |  बिहीबार, असार १६, २०७९

भीम चौधरी

भीम चौधरी

बिहीबार, असार १६, २०७९

ntc landingntc landing

धनगढी– एकीकृत महाकाली सन्धि भएको झण्डै २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणमार्फत पानी प्राप्त गरेको छ। आयोजना सुरु भएको लामो समयसम्म पनि भारतीय पक्षले नहर निर्माणमा चासो नदिँदा नेपालतर्फको काम सुस्त गतिमा अघि बढिरहेको थियो। 

himalayan bank box

पछिल्लो समय भारतीय पक्षले शुरुको १२ सय मिटर नहर निर्माण गरी पानी परीक्षण गरेपछि नेपालतर्फ पनि नहरमा पानी सञ्चालन गरिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले औपचारिक रुपमा रोपाइँ गरेर महाकाली तेस्रो चरणको नहरको उद्घाटन गरेका  छन्। 

मूल नहरको काम भारतीय पक्षले गर्नुपर्ने र यसमा केही ढिलाइ भएकोले नेपाली पक्षले पानी पाउन ढिलो भएको बताइएको छ। महाकाली सिँचाइ तेश्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले आयोजनाको २८ किलोमिटर नहर सम्पन्न भइसकेको बताए। ‘१९ किलोमिटरमा अहिले पानी पुर्याउन सफल भएका छौं। शाखा नहर विस्तारका लागि ठेक्का प्रकृया शुरु भइसकेको छ,’ आयोजना निर्देशक बमले भने, ‘जग्गा अधिग्रहणका लागि सहयोग गर्न सबैसँग अपिल गर्दछु।’