आइतबार, असार ७, २०८३

बालकोटमा ओली–गौतम भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ। नेताद्वयबीच आज बिहान बालकोटस्थित ओली निवासमा कुराकानी भएको हो।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ। नेताद्वयबीच आज बिहान बालकोटस्थित ओली निवासमा कुराकानी भएको हो।

National life

भेटमा सम्भव भए बाम एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने विषयमा छलफल भएको बताइएको छ। गौतमले ओलीपछि अन्य पार्टीका शीर्ष नेताहरुसँग पनि भेट गर्ने तयारी छ।

बामदेवले हालैमात्र नयाँ पार्टी खोलेका हुन्। नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा भंग भएर दुई पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि गौतम तटस्थ बसेका थिए। दुई पार्टीबीच एकताको प्रयास गर्ने भन्दै उनले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका थिए।

अभियान अन्तर्गत नै गौतमले मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका हुन्। नयाँ दल घोषणापछि गौतमले ३ महिनासम्म एकताका लागि प्रयास गर्ने र एकता प्रयास सफल नभए नयाँ दल दर्ताको प्रक्रियामा जाने बताएका थिए।

भेटपछि गौतमले ओलीसँगको भेटमा पुरानो मित्रता कायमै राखेर जाने सहमति भएको बताएका छन्। कुराकानीका क्रममा दुईजनाको मित्रतापूर्ण विगतबारे सम्झना गरेको पनि उनले सुनाए। भेटमा उनले आफ्नो ३ महिने अभियानबारे ओलीलाई लिखित जानकारी गराएका थिए। 

Shivam cement

उनले भने, ‘हामीले कम्युनिष्ट पार्टीहरूबीच एकता गर्ने गरी गरेका निर्णयहरूबारे मैले उहाँलाई जानकारी गराएँ। उहाँ त्यसमा बोल्नुभएको छैन। उहाँलाई मैले हाम्रो निर्णयहरु लिखित रुपमा जानकारी गराएको छु।’

नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्ने अभियानमा जुटेका गौतमले नयाँ दल घोषणा गर्दै तीन महिनासम्म एकीकृत गर्ने अभियानमा जुट्ने र सम्भव नभए दल दर्ताको अभियानमा अघि बढ्ने बताएका छन्। 

प्रकाशित: Jun 30, 2022| 12:04 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...