सोमबार, असार ८, २०८३

शेखर समूहले बोलायो बैठक, देउवामाथि दबाब बढाउने प्रयास

कोइरालाले बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीमा आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन्।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पक्षीय नेताहरुको भेला बोलाएका छन्। कोइरालाले बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीमा आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन्।

National life

शेखर समूहले पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउन बैठक बोलाएको हो। 

देउवाले विधान अनुसार पार्टी संचालन नगरेकोमा शेखर समूह असन्तुष्ट छ। भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशन लगायतका विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको भन्दै शेखर समूह देउवासँग असन्तुष्ट छ।

महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीका समिति र विभागहरु गठन गरिसक्नुपर्ने विधानमा व्यवस्था भए पनि ती कामलाई पूर्णता दिन नसकेपछि सभापति देउवाको आलोचना भएको छ।

प्रकाशित: Jun 30, 2022| 10:38 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...