सोमबार, असार ८, २०८३

कांग्रेसले गरायो मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण

हाल भइरहेको मूल्यवृद्धि, प्रदेश सरकारका तर्फबाट यातायात-विद्युतीय सवारीलगायत विभिन्न शीर्षकमा लगाइएको कर सम्बन्धमा मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएको हो।
 |  बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९

कास्की- नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क)ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ।

National life

प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क) का सभापति दिनेश आचार्य नेतृत्वको टोलीले हाल भइरहेको मूल्यवृद्धि, प्रदेश सरकारका तर्फबाट यातायात-विद्युतीय सवारीलगायत विभिन्न शीर्षकमा लगाइएको कर सम्बन्धमा मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएको हो।

त्यस्तै पूर्व विशिष्टका नाममा दिन लागिएको सेवा सुविधा, कोभिड-१९ बाट ज्यान गुमाउनेका परिवारले पाउने राहत, प्रदेश सरकारले निर्माण गरेको बजेट र हाल यसको छलफलमा भइरहेको ढिलाइ, सांसदले खर्च गर्ने गरी बनाइएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम तथा यसमा देखिएको विवादसँगै प्रदेशका विभिन्न ठाउँमा लगातार भइरहेको वर्षाका कारण भएको क्षति न्यूनीकरणका लागि प्रदेश सरकारको भुमिकासहितका विषयमा बुधबार भेटेरै ध्यानाकर्षण गराइएको सभापति आचार्यले जानकारी दिए।

प्रदेश सरकारले गरेको काम, यसबाट जनमानसमा परेको प्रभावलगायत विषयमा पनि कुराकानी भएको उनले बताए।

भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकीमा भइरहेको बजेटसम्बन्धी विवाद टुङ्गिएकाले यससम्बन्धी सम्पूर्ण विषय यसै हप्ताभित्र छलफलमा गई टुङ्गो लाग्ने जानकारी दिए। पूर्व विशिष्टका नाममा दिन लागिएको सेवा सुविधाप्रति विज्ञको समूह निर्माण गरेको र यससम्बन्धी सबै विषय समितिले समाधान गर्ने र सेवा सुविधाको हकमा आफू धेरै अशक्ति नराख्ने उनले बताए।

Shivam cement

बाढी पहिरोबाट भएको क्षति न्यूनीकरणको सवालमा प्रदेश सरकारले जिल्ला दैवीप्रकोप व्यवस्थापन समितिमार्फत प्रदेश सरकारसँग भएको सम्पूर्ण स्रोत साधन अधिकतम प्रयोगमा लगाउने उनले बताए।

कोभिड-१९ बाट ज्यान गुमाउनेका परिवारले पाउने राहत सबैले पाएको र छुटेको भएमा यथाशीघ्र सम्पर्कका आउनसमेत मुख्यमन्त्री पोखरेलले आग्रह गरे। गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका महिलाको पाठेघरको मुखको क्यान्सरको निःशुल्क उपचार, निःशुल्क परीक्षण, मिर्गौला पीडितको निःशुल्क डायलाइसिस सुविधा, स्पाइनल कर्ड इन्ज्युरीका बिरामी र बौद्धिक अपाङ्गता भएकाको लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको उनले जानकारी दिए।   -रासस

प्रकाशित: Jun 30, 2022| 08:09 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...