सोमबार, असार ८, २०८३

समाजवादलाई केन्द्र बनाएर अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री भुसाल

ललितपुरमा बुधबार आयोजित नेपाली कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा उहाँले सबै राजनीतिक दलका नेताले व्यक्तिगत आग्रह आकांक्षाभन्दा माथि उठ्ने हो भने समाजवाद सम्भव रहेको बताइन्।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समाजवादको लक्ष्यलाई केन्द्रबिन्दु बनाएर सबै वामपन्थी र लोकतान्त्रिक शक्ति अगाडि बढ्नुपर्ने बताएकी छन्। ललितपुरमा बुधबार आयोजित नेपाली कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा उहाँले सबै राजनीतिक दलका नेताले व्यक्तिगत आग्रह आकांक्षाभन्दा माथि उठ्ने हो भने समाजवाद सम्भव रहेको बताइन्। 

National life

'कसैको इच्छाले भएन भने पनि वस्तुगत परिस्थितिले सबैलाई समाजवादमा पुर्‍याउँछ,' उनले भनिन्, 'सबैको सचेत प्रयत्नद्वारा एकीकृत कम्युनिष्ट आन्दोलन, समाजवादको आधार निर्माण र समाजवादको कार्यान्वयन गर्दै साम्यवादसम्म पुग्नुपर्छ।' देशको मौलिकता र विशिष्टतामा समाजवादी आन्दोलनलाई अगाडि बढाउन दलहरु सफल भएको स्मरण गर्दै मन्त्री भुसालले वामपन्थी कम्युनिष्ट मात्र होइन लोकतान्त्रिक शक्तिलाई पनि साथ र सहयोगमा लिएर सङ्घीय लोकतन्त्रिक गणतन्त्रसम्म आइपुगिएको बताइन्।

'हामीले अबको यात्रा समाजवादको भनेका छौँ, त्यो कुनै देशको यान्त्रिक नक्कल हुने छैन, त्यो रुस, चीन, क्युवा र उत्तर कोरिया जस्तो हुने छैन। हाम्रै देशको मौलिक ढङ्गबाट समाजवादमा पुग्नेछौँ,' उनले भनिन्। आर्थिक र सामाजिक विकास, सामाजिक न्यायमा आधारित वितरण प्रणाली र समाजवादको आधार तयार पारेर देशलाई समाजवादमा लैजाने लक्ष्य लिइएको उनको भनाइ छ। 

सत्तामा रहे वा सत्ता बाहिर रहे पनि नेपाली समाजलाई समाजवादी बाटोमा अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले वामपन्थी कम्युनिष्ट एउटै पार्टीमा हुनुपर्र्छ भनी जनताको अभिमत पनि सोही ढङ्गले प्रकट भएको बताइन्।

प्रकाशित: Jun 29, 2022| 23:55 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...