शनिबार, मंसिर ६, २०८२

एपीएफ र पुलिसको लगातार दोस्रो जित

विभागीय टोलीहरु नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका छन्।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

काठमाडौं- विभागीय टोलीहरु नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका छन्।

National life

कीर्तिपुरस्थित कभर्डहलमा बुधबार भएको खेलमा एपिएफले आयोजक न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर्श माध्यमिक विद्यालयलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित आत्मसात गरेका हुन्।

एपीएफले न्यु डायमन्डमाथि २५–१२, २५–२० र २५–१४ को सोझो सेटमा जित निकाल्यो। अर्को खेलमा पुलिसले परोपकारमाथि २५–६, २५–६ र २५–११ को सोझो सेटमा जित निकाल्दै लगातार दोस्रो जित दर्ता गर्न सफल भयो।

लगातार दोस्रो जितसँगै समान ६ अंक जोडेको एपीएफ र पुलिस राउन्ड रोविन लिगको एक खेल बाँकी छँदै फाइनल पुगेको छ। यि दुई टोली (एपीएफ र पुलिस) बीच राउन्ड रोविन लिगमा शीर्षस्थानको लागि प्रतिस्पर्धा हुनेछ। डायमन्ड र परोपकारले अंकको खाता खोल्न सकेको छैन। अब बिहीबार हुने राउन्ड रोविन लिगको अन्तिम खेलबाट शीर्षदेखि चौथोसम्मको छिनोफानो हुनेछ। शीर्ष दुई टोलीले उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ। शनिबार नै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ।

प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा बिहीबार  राउन्ड रोविन लिगको अन्तिम खेलमा परोपकार र न्यु डायमन्ड तथा पुलिस र एपिएफबीच प्रतिस्पर्धा हुनेछ। यसपछि शीर्ष चारमा रहनेको छिनोफानो हुनेछ।

Laxmi sunrise bank
kumari

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन्। दोस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन्। तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र तथा चौथो हुनेले ७५ हजार रुपैया र प्रमाणपत्र गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्नेछन्। अन्य विधागत उत्कृष्ट ९स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य न्यू डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कार बापतको २० प्रतिशत दिनुपर्नेछ।


प्रकाशित: Jun 29, 2022| 21:00 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।