मंगलबार, असार १७, २०८२

तेस्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप अर्को साता

पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्‍न गरिसकेको संघले तेश्रो संस्करण आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो। छोटो समयमा नै विश्वका युवाहरु माझ लोकप्रिय खेल ईस्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरु माझ निकैनै रुचाईएको खेल पर्दछ।
 |  बुधबार, असार १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

vianetvianet

काठमाडौं- नेपाल ईस्पोर्टस् संघको आयोजनमा तेश्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप २०२२ असार २३ देखि २५ गतेसम्म आयोजना हुने भएको छ। पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्‍न गरिसकेको संघले तेश्रो संस्करण आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो। छोटो समयमा नै विश्वका युवाहरु माझ लोकप्रिय खेल ईस्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरु माझ निकैनै रुचाईएको खेल पर्दछ।

थापाथलीस्थित एपी-१ को स्टुडियोमा आयोजना हुने च्याम्पियनसिपमा डोटा-२ , सीएस गो, एमएलबिबी, टेकेन ७ र पब्जी गरी ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन्। आयोजक संघका अध्यक्ष सुरज डङ्गोलले च्याम्पियनसिपका प्रतियोगिताहरु सञ्‍चालन भइसकेको र असार २३ गतेदेखि फाइनल खेलहरु आयोजना हुने समेत जानकारी गराएका छन्। 

जसमा डोटा २ मा ८ टिमका ४३ खेलाडीहरु, बेडोज र टेन्जीकु ग्याङ्ग, सिएस गोमा २ टिम लेजन र ख्याकका ११ खेलाडीहरु, एमएलबिबीमा १७ स्क्वाडका १०५ खेलाडीहरुले सहभागिता जनाएको छन्। पिङ्गपङ्ग र एभेन्जर्स, टेकेन ७ मा ३ खेलाडीहरु रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा ५७ स्क्वाडमा २८४ खेलाडीहरुबीच प्रतिस्पर्धा भइरहेको र १६ स्क्वाडका बीच असार १६ गतेसम्म सेमिफाइनलका प्रतिस्पर्धा हुने अध्यक्ष डङ्गोलले जनाएका छन्।

च्याम्पियनसिप इन्डोनेसियाको बालीमा आयोजना हुने १४ औं विश्व ईस्पोर्टस् च्याम्पियनसिप २०२२ का लागि छनोट प्रतियोगिता समेत रहेको छ। विजयी खेलाडी तथा टिमले दक्षिण एशियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोट भएपश्चात विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने आयोजकले जनाएका छन्।

प्रकाशित: Jun 29, 2022| 20:41 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।