सोमबार, साउन २५, २०८३

पार्टी अध्यक्ष नेपालले सिकाए नयाँ मन्त्रीलाई शासन चलाउने काइदा

दुई दिनअघि मन्त्रीको सपथ लिएका पार्टीका ४ मन्त्री र १ राज्यमन्त्रीलाई नेपालले बुधबार बिहान प्रशिक्षण दिएका हुन्।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट सरकारमा सहभागी नयाँ मन्त्रीहरूलाई प्रशिक्षण दिएका छन्। दुई दिनअघि मन्त्रीको सपथ लिएका पार्टीका ४ मन्त्री र १ राज्यमन्त्रीलाई नेपालले बुधबार बिहान प्रशिक्षण दिएका हुन्। 

पार्टी कार्यालय तीनकुनेमा नेता नेपालले नवनियुक्त मन्त्रीहरूलाई प्रशिक्षण दिएको हुन्। मन्त्री भएपछि के गर्ने, के नगर्ने भनेर नेपालले प्रशिक्षण दिएको नेकपा एसले जनाएको छ। यसअघि मन्त्री भएकालाई पनि नेता नेपालले प्रशिक्षण दिएका थिए। 

पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, सहरी विकासमन्त्री मेटमणि चौधरी, श्रम तथा सामाजिक विकासमन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङका साथै स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले नेता नेपालबाट प्रशिक्षण लिएका हुन्।

प्रकाशित: Jun 29, 2022| 12:07 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...