सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • १७ बुँदे प्रस्ताव पारित गर्दै सकियो नेकपा एसको केन्द्रीय परिषद् बैठक

१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो नेकपा एसको केन्द्रीय परिषद् बैठक

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय परिषद्को प्रथम बैठकले जनजीविका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तुसँग सम्बन्धित १७ बुँदे प्रस्ताव पारित गरेको छ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी केन्द्रीय परिषद्को प्रथम बैठकले जनजीविका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तुसँग सम्बन्धित १७ बुँदे प्रस्ताव पारित गरेको छ।

National life

असार १३ गतेदेखि आजसम्म सञ्चालित बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, पाँच दलीय वाम तथा लोकतान्त्रिक गठबन्धनको आवश्यकता, सङ्गठन निर्माणमा विशेष कार्ययोजना र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी योजना पारित गरेको हो। पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेको बैठकमा राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय परिषद्का सदस्यलाई ११ समूहमा विभाजन गरिएको थियो।

आगामी निर्वाचनमा देशव्यापी रूपमा पार्टीलाई सशक्तरूपमा अगाडि बढाउने, पाँच दलीय गठबन्धन निरन्तर अगाडि बढाउन प्रयत्न गर्ने, महँगी नियन्त्रण, किसानलाई मल तथा बीउबिजन मिलाउन सरकारलाई आग्रह गर्ने प्रस्ताव बैठकले पारित गरेको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

मुलुकका विभिन्न स्थानमा भइरहेको यौनहिंसा नियन्त्रण गरी पीडितलाई सामाजिक जीवनको प्रत्याभूति गर्न माग गरिएको प्रस्तावमा प्राकृतिक प्रकोपको न्यूनीकरणका लागि सरकारलाई पहलकदमी लिन तथा पार्टी आबद्ध जनवर्गीय सङ्गठनलाई पनि आग्रह गरिएको छ। जातीय विभेदको अन्त्य गर्न र त्यसका विरुद्ध क्रियाशील रहन सबैलाई आग्रह गरिएको छ। 

भारतले विभिन्‍न स्थानमा बाँध बाँधेका कारण तराईको भूभाग डुबानमा पर्ने गरेकाले भारतसँग वार्ता गरी त्यसको समाधान गर्न सरकारलाई आग्रह गरिएको छ। राज्यका सबै संयन्त्रमा भ्रष्टाचारको छानबिन, देशमा भएका भूमिहीनको पहिचान गरी सुकुम्बासी समस्या समाधान गर्नुपर्ने, काठमाडौँ उपत्यकालगायत अन्य स्थानमा फैलिएको झाडापखाला नियन्त्रण गरी बिरामीको उचित व्यवस्थापन गर्नुपर्ने, युक्रेनमाथि भएको आक्रमणले विश्वमा भइरहेको अशान्तिका साथै देखापरिरहेको खाद्य सङ्कटप्रति चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि वार्ताको वातावरण मिलाउन विश्व समुदायलाई आग्रह गरिएको छ।

Shivam cement

मुलुकको राष्ट्रिय हितमा हुने गरी पञ्चशीलका आधारमा परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको प्रस्तावमा कुनै पनि मुलुकको सैन्य गठबन्धनमा नेपाल सामेल हुन नहुने र हालै एसपीपीमा नेपाल सहभागी नहुन सरकारले गरेको निर्णयप्रति धन्यवाद व्यक्त गरिएको छ। प्रतिगामी शक्तिबाट सजग रहन वामपन्थी शक्तिलाई एकताबद्ध हुन आग्रह गरिएको उक्त प्रस्तावमा स्थानीय तहको निर्वाचनमा विजयी सबै जनप्रतिनिधिलाई शुभकामनाका साथै निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने निर्वाचन आयोगलगायत सम्बन्धित पक्षलाई धन्यवाद दिइएको छ।

केन्द्रीय कमिटीको विस्तारित बैठकका रूपमा लिइएको उक्त बैठकले दुई महिनाभित्रमा सङ्गठन सुदृढीकरणमा क्रियाशील रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। 

प्रकाशित: Jun 28, 2022| 21:46 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...