काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका छन्। मंगलबार दिउँसो आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका देउवा साँझ राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नियमित भेटघाटका लागि देउवा शीतल निवास पुगेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार आर्थिक वर्ष २०७९-८० को बजेट पारित भइसकेको अवस्थामा नियमित भेटघाटका लागि प्रधानमन्त्री देउवा देउवा शीतल निवास पुगेका हुन्।
सोमबार मात्रै आफ्नो क्याबिनेटमा एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्यमन्त्री देउवाले हेरफेर गरेका थिए। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनी गेजुवाबाट खोसेको बूढीगण्डकी जलविद्युत परियोजना निर्माणका लागि कम्पनी स्थापना गर्ने, अर्थमन्त्री जनार्दन शर्माको विदेश भ्रमण स्वीकृतलगायतका निर्णयहरु गरेको एक मन्त्रीले जानकारी दिएका छन्।