सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एसपीपीको पत्रबारे सेनाप्रति ओलीको आक्रोश, भने- अमेरिकी दूतावासले सत्य बोलोस्

एसपीपीको पत्रबारे सेनाप्रति ओलीको आक्रोश, भने- अमेरिकी दूतावासले सत्य बोलोस्

अमेरिकी सैन्य रणनीति अन्तर्गतको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आफ्ना नाम मुछिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली सेनाप्रति आक्रोश व्यक्त गरेका छन्।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं- अमेरिकी सैन्य रणनीति अन्तर्गतको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आफ्ना नाम मुछिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली सेनाप्रति आक्रोश व्यक्त गरेका छन्। अध्यक्ष ओलीले पत्रमा मिति र चलानी नम्बर हातले लेखेको विषयलाई लिएर सेनाप्रति आपत्ति जनाएका हुन्।

National life

उनले भने, 'एसपीपी सम्बन्धमा म प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र हुनुसक्छ, चलानी नम्बरमा ८५ पनि हातले लेखेको छ। पहिलेको हटाएर, पठाएको मितिमा पनि २७ अक्टोबर लेखेको छ, हातले। सबै टाइप छ, पछि हातले किन लेख्नु पर्छ? टिपेक्स लगाएर मेटाएर हातले लेखेको स्पष्ट छ। हातले नलेखेको पत्र निकाल्न म सरकारलाई भन्‍न चाहान्छु।'

नेपाली सेनाले तत्कालीन प्रधानमन्त्री ओलीको निर्देशनमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पठाएको पत्र आधिकारिक भएको बताइसकेको छ। अध्यक्ष ओलीले अमेरिकी दूतावासले पनि यसबारे सत्य बोल्‍नुपर्ने बताएको छ। मदन भण्डारी फाउन्डेसनले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यो पत्र म प्रधानमन्त्री नहुँदै एम्बेसीमा पठाइएको थियो। यसबारे सत्य अमेरिकी एम्बेसीले बोलोस् भन्ने चाहान्छु।’

यसअघि एमालेका सांसदहरूले पनि यो विषयलाई संसदीय समितिमा उठाएका थिए। समितिमा उपस्थित रहेका प्रधान सेनापति प्रभुराम शर्माले तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलको जवाफ दिँदै पत्रमा हस्ताक्षर गर्ने अधिकारीले नै हातले मिति लेख्‍ने चलन भएको बताएका थिए।

ओलीले भने यसबारे पूर्वसेनापति क्षेत्रीसँग सोध्नुपर्ने प्रतिक्रिया दिएका थिए। ओलीले भनेका छन्, ‘त्यस समयमा प्रधान सेनापति राजेन्द्रबहादुर क्षत्री जीवितै अमेरिकामा हुनुहुन्छ। उहाँसँग सोधे हुन्छ नि त। त्यस समयको रक्षामन्त्री र प्रधानमन्त्रीलाई बताउनु भएको थियो कि थिएन? नेपाली सेनाले बतायो कि बताएन? त्यो बताएको भए सेनाले पत्राचार गर्ने कुरा सरकारले रोक्थ्यो। सेनालाई एम्बेसीलाई पत्र लेख्ने कुरामा रोक्थ्यो।’

Shivam cement

सरकारले भने ओली सरकारको पालामा माग भएको एसपीपी खारेज गर्ने र यसबारे अमेरिकालाई पत्राचार गर्ने निर्णय गरिसकेको छ। ओलीले भने यसअघि एसपीपीमा ओलीले आफूले नभएर आफूअघिका प्रधानमन्त्री सुशील कोइरालाले नै एसपीपीमा जाने विषयमा निर्णय गरेको आरोप लगाएका थिए। तर, पछि पत्र सार्वजनिक भएपछि भने नेकपा एमालेले यसबारे खासै टिप्पणी गरेको थिएन।

प्रकाशित: Jun 28, 2022| 19:50 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...