सोमबार, असार ८, २०८३

वामदेवलाई कांग्रेसको डर

चोइटिएका कम्युनिस्टहरूलाई सिंगो बनाउने अविराम प्रयत्न गरे पनि असफलता हात लागेपछि वाम एकता अभियान अगाडि बढाउने मनसुवासहित नयाँ दल गठन गरी संयोजक बनेका छन्, वामदेव।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं– एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकता भएपछिबनेको नेपाल कम्युनिस्ट पार्टीलाई सर्वोच्च अदालतको फैसलासँगै एकताअघिको अवस्थामा फर्किइपछि मूल घर नर्फिएर तटस्थ बस्दै आएका वामदेव गौतमले अन्ततः आफ्नै नेतृत्वमा 'नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियान' नामक पार्टीलाई जन्म दिएका छन्। 

National life

नेकपा विभाजनपछि छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधर भेला गर्दै आएका थिए। नेकपालाई सिंगो बनाउने अविराम प्रयत्न गरे पनि एकीकरण हुने अवस्था नबनेपछि वामदेवले नयाँ दल खोलेका हुन्। 

गौतमले घोषणा गरेको दलको मुख्य उद्देश्यचाहिँ चोइटिएर झिनामसिना भएका कम्युनिस्टहरूलाई एक ठाम ल्याउनु रहेको छ। गौतम आफैंले एमाले र माओवादी केन्द्रका नेताहरूलाई पार्टीमा भंगालो नपार्न बारम्बार आग्रह गरेका पनि थिए। तर उनको प्रयासले सफलता पाउन सकेन।

आफ्नै पार्टी एमाले अध्यक्ष केपी ओलीसँग मनमुटाव भएपछि माधव नेपालसँग नजिकिएका वामदेव नेकपा एसमा भने छिरेनन्। बरु कम्युनिस्टहरूलाई एकताबद्ध गराउने अभियान भन्दै दौडिइरहे। अहिले कम्युनिस्ट नामका पार्टीभित्रै एकअर्कालाई छोइछिटो गर्ने क्रम विस्तारै बाक्लिँदै गएको छ। वामदेवले खोलेको नयाँ पार्टीले सबै कम्युनिस्टलाई गोलबद्ध गराएर कांग्रेसलाई साइजमा ल्याउनु रहेको पार्टी घोषणा कार्यक्रममै वामदेवले प्रस्ट्याए।  

रिपोर्टर्स क्लबमा मंगलबार पत्रकार सम्मेलन गरेरै नयाँ राजनीतिक दल जन्माएका वामदेवले कम्युनिस्ट तितरबितर हुनुमा कांग्रेसको साथ रहेकोसमेत भन्न भ्याए।

Shivam cement
चोइटिएका कम्युनिस्टहरूलाई सिंगो बनाउने अविराम प्रयत्न गरे पनि असफलता हात लागेपछि वाम एकता अभियान अगाडि बढाउने मनसुवासहित नयाँ दल गठन गरी संयोजक बनेका छन्, वामदेव।

कम्युनिस्ट पार्टीभित्रका केही हाँगाबिंगा कांग्रेसतिर लम्किएपछि आउँदो संघीय संसद् र प्रदेशसभा निर्वाचनमा कांग्रेसले एकलौटी मत संकलन गर्ला कि भन्ने चिन्तामा वामदेव रहेको देखिएको छ। वामदेव चिन्ता जायज पनि छ, किनभने स्थानीय तह निर्वाचनमा कांग्रेसले कम्युनिस्टभन्दा बढ्ता सिटमा विजयी भएको छ। 

‘कम्युनिस्टहरू नजोडिए कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउन सक्छ। अर्को निर्वाचनमा गठबन्धन चाहिँदैन। उसले स्वतः बाजी मार्छ। कम्युनिस्टहरूले एकता अथवा कार्यगत एकता गर्न सकेनन् भने आउँदा निर्वाचनमा कांग्रेस पहिलो शक्ति बन्छ–बन्छ’, वामदेव चिन्तित सुनिए। 

वामदेवको गुनासो यत्तिमै अडिएन। उनले कम्युनिस्टहरू मिलेर कांग्रेसलाई साइजमा ल्याउनुपर्नेमा गठबन्धनका नाममा कांग्रेसलाई लाभ दिने काम भइरहेको गुनासोसमेत गरे। उनले भने, ‘कम्युनिस्ट पार्टीहरूबीच कार्यगत एकता नभए कांग्रेसले गठबन्धनकै नाम भजाएर बहुमत ल्याइछाड्छ। त्यतिबेला पछुताउनुभन्दा अहिलेदेखि नै कम्युनिस्टहरूलाई मिलन गराउन कार्यगत गर्ने उद्देश्यले पार्टीलाई जन्माएको हुँ।’

प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस ठूलो भएपछि उसको सरकारले बनाएका संरचना रहने दाबी गर्दै दोस्रो निर्वाचनमा गठबन्धनको बैसाखी नचाहिने दाबी वामदेवले गरे। कांग्रेस फैलिने पूर्वानुमान गरेरै अहिलेको स्थितिलाई परिवर्तन गर्न कम्युनिस्ट एकताका लागि अभियान चलाउन पार्टी गठन गर्नुपरेको विवशता उनले व्यक्त गरे। 

पार्टी घोषणा कार्यक्रममा अभियानका संयोजक वामदेवले कम्युनिस्टहरूकै कारण अहिलेसम्म जे–जति परिवर्तन भए, त्यसको जग आफूहरूले हालेको दाबी गरे। अहिले कांग्रेस ठूलो दल भए पनि आफू एमालेमा हुँदा हरेक संघर्षको मोर्चामा डटेकै परिणाम गणतन्त्र ल्याउन सकिएको उनले दाबी गरे। 


प्रकाशित: Jun 28, 2022| 17:51 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...