सोमबार, असार ८, २०८३

नवलपुर–२ बाट चुनाव लड्ने शंकर तिवारीको घोषणा

नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले प्रतिनिधिसभाको आगामी चुनावका लागि उम्मेदवारी घोषणा गरेका छन्। तिवारीले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले प्रतिनिधिसभाको आगामी चुनावका लागि उम्मेदवारी घोषणा गरेका छन्। तिवारीले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। 

National life

राजनीतिसँगै प्राज्ञिक कर्ममा समेत सक्रिय तिवारीले नवलपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने घोषणा गरेका हुन्। ‘मसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संवादमा आउनुभएका बुङ्दीकाली, कावासोती, मध्यबिन्दु, हुपसेकोट हुँदै विनयी त्रिवेणीसम्मका नेता गणदेखि मतदातासम्मको सल्लाह, आशीर्वाद, आग्रह, शुभकामनामुताबिक नेपाली कांग्रेस पार्टीका तर्फबाट नवलपुर–२ बाट मेरो पनि उम्मेदवारीमा  दावा रहने सहर्ष जानकारी गराउँदछु,’ तिवारीले भनेका छन्।

उनले स्थानीय निर्वाचनले अभूतपूर्व राजनीतिक परिवर्तनको सन्देश दिएको बताउँदै राष्ट्रिय राजनीति र नवलपुरको राजनीतिक सरगर्मी समेत ह्वात्तै बढेको उल्लेख गरेका छन्। सोही क्षेत्रबाट चुनाव लड्ने तयारी उद्योगपति विनोद चौधरीले पनि गरेका छन्। 

तिवारीले कांग्रेसको पछिल्लो महाधिवेशन अघि 'कसले सुधार्छ कांग्रेस' नामक पुस्तक सार्वजनिक गरेका थिए। त्यसअघि पनि उनले अरु पुस्तक लेखिसकेका छन्। गीताज्ञान प्रवेशिका उनको अनूदित कृति हो भने उनले नेपाली भाषाको पहिलो फिल्म सत्य हरिशचन्द्रका निर्देशक एवं नेपाली कांग्रेसका संस्थापक डीबी परिहारको संस्मरणसम्पादन गरेका छन्। उनको नयाँ पुस्तक समाजवादको निर्माण प्रकाशोन्मुख छ।

प्रकाशित: Jun 28, 2022| 16:41 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...