काठमाडौं– बामदेव गौतमले परिवार र आफ्नो स्वार्थको लागि पार्टी नखोलेको बताएका छन्। मंगलबार पार्टी घोषणा कार्यक्रममा पत्रकारहरुका प्रश्नको जवाफ दिँदै उनले पदमा बसिरहने महत्वाकांक्षले पनि पार्टी नखोलेको दाबी गरे।
उनले भने, ‘मलाई पदमा बसिरहने आकांक्षा छैन। त्यो आकांक्षा पूरा गर्नको निम्ति पार्टी खोलेको होइन।’
गौतमले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेकपा एकता राष्ट्रिय अभियान पार्टी गठन गरिएको सार्वजनिक गरेका छन्। पार्टीमा अहिले ७५ जना केन्द्रीय सदस्य छन् भने स्थायी कमिटीमा १५ जना छन्।
कार्यक्रममा गौतमले बाम घटकबीच एकता वा कार्यगत एकता नभए कांग्रेसले विजय प्राप्त गर्ने बताए। कम्युनिस्टहरु नमिल्दा कांग्रेसले सके बहुमत ल्याउने नसके ठूलो पार्टीको रुपमा आउने उनले बताएका हुन्।