सोमबार, असार ८, २०८३

मंसिर २१ गते आमचुनाव गर्ने तयारी छ : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गतेका लागि संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन्।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९
National life
Shivam cement

काठमाडौं– सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गतेका लागि संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन्।

मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री चौधरीले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भए पनि दुई–तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको बताए। मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धतासमेत जनाए। उनले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको बताए।

मन्त्री चौधरीले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु मात्रै इमान्दार भएर मुलुक नबन्ने भन्दै सबै नेपाली नागरिक समेत इमान्दार हुनुपर्ने बताए। चौधरी पहिलो पटक मन्त्री भएका हुन्। नेकपा एकीकृत समाजवादीले हालैमात्र सरकारमा भएका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो।


प्रकाशित: Jun 28, 2022| 14:56 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...