सोमबार, असार ८, २०८३

अन्तर्घात आरोपमा एमाले कैलाली अध्यक्ष थापाको जिम्मेवारी खोसियो

चुनावमा अन्तर्घात गरेको ठहर गर्दै प्रदेश कमिटीले उनको जिम्मेवारी खोस्ने निर्णय गरेको हो। जिल्ला कमिटीले अध्यक्ष थापालाई अनुशासनको कारबाही गर्न सिफारिस गरेको थियो।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९
National life
Shivam cement

कैलाली- नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ। प्रदेश कमिटी बैठकले थापालाई जिल्ला अध्यक्षबाट हटाउने निर्णय गरेको हो। 

चुनावमा अन्तर्घात गरेको ठहर गर्दै प्रदेश कमिटीले उनको जिम्मेवारी खोस्ने निर्णय गरेको हो। जिल्ला कमिटीले अध्यक्ष थापालाई अनुशासनको कारबाही गर्न सिफारिस गरेको थियो।

थापालाई अध्यक्षबाट हटाएसँगै उपाध्यक्ष दुर्गा जोशीलाई कार्यबाहक अध्यक्ष तोकिएको प्रदेश कमिटी सचिव धर्मराज पाठकले जानकारी दिए। प्रदेश कमिटी बैठकले साउन १५ भित्रजिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णयसमेत गरेको छ। 

प्रकाशित: Jun 28, 2022| 14:27 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...