मंगलबार, साउन २६, २०८३

एकता राष्ट्रिय अभियान पार्टी घोषणा गर्दै वामदेव गौतम

मंगलबार दिउँसो कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेका हुन्।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन्। मंगलबार दिउँसो कार्यक्रम आयोजना गरेर राजनीतिक दल घोषणा गर्न लागेका हुन्। 

गौतमले दल घोषणाका लागि दिउँसो ३ बजे भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्दै छन्।

राष्ट्रिय सभाका सांसद रहेका गौतम नेपालका वामपन्थी दलहरुको एकै स्थानमा ल्याउन अभियान सञ्चालन गर्दै आएका थिए।

पार्टीको नाम एकता राष्ट्रिय अभियान हुने बताइएको छ। उनले शनिबार मात्रै अभियानका राष्ट्रिय भेला आयोजना गरेका थिए।


प्रकाशित: Jun 28, 2022| 11:09 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...