मंगलबार, साउन २६, २०८३

नेताहरूलाई अनावश्यक सम्मान नगर्नुस् : उपाध्यक्ष पौडेल

नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीका लावालस्कर नलैजान समेत नेता कार्यकताहरूलाई आग्रह गरे।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

बुटवल- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरूलाइ अनावश्यक सम्मान नगर्न आग्रह गरेका छन्। नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीका लावालस्कर नलैजान समेत नेता कार्यकताहरूलाई आग्रह गरे।  

मदन भण्डारीको ७१औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले यस्ताो बताएका हुन्।

जीवनमा सरलताको छुट्टै महत्व हुने बताउँदै नेता पौडेलले आफ्ना जिल्ला र निर्वाचन क्षेत्रमा आउँदा अनावश्यक सम्मान आवश्यक नहुने बताए। 'कुनै नेता आउँदा विमानस्थलमा गाडीका लस्कर लिएर फूलमाला र खादा लिएर जानुपर्दैन' उनले भने। 

पौडेलले जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए। उनले जनताको बहुदलीय जनवाद मान्ने एमाले सधैं अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताए।

प्रकाशित: Jun 28, 2022| 06:56 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...