आइतबार, असोज १४, २०८०

प्रचण्डले भने - दलहरुले केही गरेनन् भन्‍नु परिवर्तन र जनताको अपमान

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय विचार गोष्ठीमा उनले राजनीतिक परिवर्तन पछाडि दलहरूले केही गरेनन् भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे।
 |  सोमबार, असार १३, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनसँग मुलुक समृद्धिको यात्रा अगाडि बढीरहेको बताएका छन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषय विचार गोष्ठीमा उनले राजनीतिक परिवर्तन पछाडि दलहरूले केही गरेनन् भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे।

sagarmatha cement

'परिर्वतन पछाडि केही भएन, राजनीतिक दलहरूले केही पनि गरेनन् भन्ने सत्य होइन,' उनले भने, 'नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि ऐतिहासिक महत्वका राजनीतिक परिवर्तन मात्रै होइन, त्यो परिवर्तनलाई संवैधानिक ढङ्गले संस्थागत गर्ने प्रक्रियासमेत संविधानसभाबाट भएको छ, यसलाई कम ठान्नु हुँदैन।'

१० वर्षे जनयुद्धमा हजारौँको त्याग र बलिदानबाट नै मुलुकमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक मान्यता स्थापित भएको उल्लेख गर्दै उनले प्राप्त उपलब्धिलाई कमजोरी ठान्नु इतिहासप्रति अन्याय हुने बताए। संविधानको प्रस्तावनामा नै मुलुक समाजवादउन्मुख दिशामा लैजाने विषय स्पष्टसँग लेखिएको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री दाहालले नागरिकको जीवनस्तरलाई माथि उठाउन संविधानले धेरै महत्वपूर्ण मौलिक अधिकारका प्रावधान समावेश गरिएको बताए।

'प्राप्त उपलब्धिलाई खासै केही होइन, जनताले अहिले पनि केही पाएका छैनन् भनी व्याख्या गर्नु जनताले गरेको त्याग, तपस्या र बलिदानको जगबाट जुन परिवर्तन आएको छ, परिवर्तन र जनताको अपमान हुन्छ,' उनले भने, 'तर हामी पूर्ण रुपमा सन्तुष्ट छैनौँ, संविधानमा व्यवस्था भएअनुसार ऐन बनाउन सकेका छैनौं।'

अध्यक्ष दाहालले परिवर्तनलाई जनताको घर दैलोमा पुर्‍याउने र जनताले अनुभूत गर्ने गरी विकास र समृद्धि ल्याउनुपर्नेमा राजनीतिक नेतृत्वबीच समान सोच बन्न नसकेको बताए। 'एकथरीलाई यो उपलब्धि मन परेको छैन, परिवर्तन विरोधी तत्वहरु कहीँ न कहीँ संविधानलाई नै खारेज गर्न लागि परेका छन्,' उनले भने। 

प्रकाशित: Jun 27, 2022| 21:24 सोमबार, असार १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्