मंगलबार, असार १७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • मेटमणिलाई क्‍वार्टर छिर्न हतारो, डेरामा गाडी राख्‍ने ठाउँ नै नभएको गुनासो

मेटमणिलाई क्‍वार्टर छिर्न हतारो, डेरामा गाडी राख्‍ने ठाउँ नै नभएको गुनासो

नेकपा एकीकृत समाजवादीबाट नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीलाई पुल्चोकस्थित मन्त्री क्‍वार्टर प्रवेश गर्ने हतारो भएको देखिन्छ। उनले पुल्चोकस्थित सरकारी निवास खाली नहुँदा समस्या भएको बताएका छन्।
 |  सोमबार, असार १३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

vianetvianet

काठमाडौं- नेकपा एकीकृत समाजवादीबाट नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीलाई पुल्चोकस्थित मन्त्री क्‍वार्टर प्रवेश गर्ने हतारो भएको देखिन्छ। उनले पुल्चोकस्थित सरकारी निवास खाली नहुँदा समस्या भएको बताएका छन्। 

सोमबार बिहान मन्त्री पदको शपथ ग्रहण गरेका मेटमणि यसअघि शंखमुलस्थित भाडाको कोठामा बस्दै आएका थिए। मन्त्री भएलगत्तै सरकारी निवासमा सर्न नपाउँदा सुरक्षाकर्मीदेखि गाडी व्यवस्थापन गर्न गाह्रो भएको उनले बताएका छन्। 

सोमबारै झन्डावाल सरकारी गाडी प्रयोग गरिसकेका उनले डेरामा गाडी राख्‍ने पनि ठाउँ नपाएका गुनासो गरेका छन्। उनले भने, 'यहाँ मेरो डेरामा पार्किङ गर्ने ठाउँ नै छैन, उता सरकारी निवास अझै एक साता खाली नहुने खबर आयो। अब जसोजसो पर्छ, त्यसै त्यसै सामना गर्दै जान्छु।'

आइतवार एकीकृत समाजवादीले फिर्ता बोलाएका केही मन्त्रीहरुले पुल्चोकस्थित सरकारी निवास नछाडिदिँदा चौधरीले अफ्ठ्यारो भएको बताएका छन्। 

मन्त्री चढ्ने सरकारी गाडी सुरक्षा दृष्टिले पनि जहाँतहीँ राख्‍न नमिल्ने भएकोले उनको सरकारी गाडी सिंहदरबारस्थित मन्त्रालय परिसर या पुल्चोकको सरकारी निवासमै लानुपर्ने भएको छ। 

चौधरी सोमबारै पुल्चोक जाने तयारीमा थिए। तर फिर्ता भइसकेका एकजना निवर्तमान मन्त्रीले अझै एक साता सरकारी निवास नछाड्ने बताएका छन्। उनले भने, 'अब जे पर्ला मिलाउँदै जान्छु, केही समस्या त आउने भइगयो। केही दिन डेरामै बसेर सुरक्षाकर्मी र गाडीको तालिका मिलाउनु पर्ला।'

प्रकाशित: Jun 27, 2022| 20:38 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...