मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जबजको मार्गमा नै समृद्ध नेपाल र सुखी नेपालीको संकल्प पूरा हुन्छ : शंकर पोखरेल

जबजको मार्गमा नै समृद्ध नेपाल र सुखी नेपालीको संकल्प पूरा हुन्छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवादको मार्गमा समाजवादको आधार तय गर्न सके समृद्ध नेपाल र सुखी नेपालीको संकल्प पूरा हुने बताएका छन्।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवादको मार्गमा समाजवादको आधार तय गर्न सके समृद्ध नेपाल र सुखी नेपालीको संकल्प पूरा हुने बताएका छन्। प्रेस चौतारी नेपालद्वारा आयोजित ‘जबज र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तर संवाद कार्यक्रममा उनले समृद्ध नेपाल बनाउनका लागि नीतिगत रूपमा समाजवादको आधार तय गर्न सके उक्त संकल्प पूरा हुने बताएका हुन्। 

'जननेता मदन भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्त अघि बढाउन देशको विकासका लागि दीर्घकालीन सोच र दूरदर्शिता थियो,' उनले भने, 'जबज कम्युनिष्ट आन्दोलनको मात्र नभएर नेपाली आन्दोलनको लोकतान्त्रिकरण गर्न मुख्य शक्ति हो, यसले एमाले स्थापित गर्न सहयोग गर्‍यो।'

जबजले कानूनी सर्वोच्चता, मानवअधिकार, बहुदलीय प्रतिस्पर्धालाई नयाँ उचाइमा पुर्‍याउने काम गरेको र नेता भण्डारीले जनताको बहुदलीय जनवादलाई श्रमजीवी वर्गलाई मुख्य सिद्धान्तका रूपमा अघि सारी एउटा क्रान्तिकारी कदम चालेको बताए। 

जबज नेपालको राजनीतिक शिराको रूपमा उदाएको चर्चा गर्दै उहाँले तत्कालीन समयमा अध्यक्षसहित नयाँ पदाधिकारी चुन्ने व्यवस्था गर्नु निकै महत्वपूर्ण भएको र अहिले सबैले त्यही प्रक्रियामा अघि बढिरहेको स्मरण गराए।


प्रकाशित: Jun 27, 2022| 19:35 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...