मंगलबार, साउन २६, २०८३

बजेट राष्ट्रिय सभाबाट पनि पारित

संघीय संसद्‌को राष्ट्रिय सभाबाट पनि विनियोजन विधेयक पारित भएको छ। राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयक- २०७९ (बजेट)लाई बहुमतले पारित गरेको हो।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं- संघीय संसद्‌को राष्ट्रिय सभाबाट पनि विनियोजन विधेयक पारित भएको छ। राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयक- २०७९ (बजेट)लाई बहुमतले पारित गरेको हो। 

मन्त्रालयगत विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए। विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले राष्ट्रिय सभा बैठक बहिष्कार गरेका थिए। अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लगाउँदै एमालेले संसद् बैठक बहिस्कार गरेको हो। एमालेले अर्थमन्त्री रोष्ट्रममा पुग्दा बैठक बहिस्कार गरेको हो।

प्रतिनिधिसभाले असार २ गते विनियोजन विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो। अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसद्‌मा आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गरेका थिए। 

प्रकाशित: Jun 27, 2022| 19:10 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...