मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रामचन्द्रले पौडेलको प्रश्न– रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद आउँछ?

रामचन्द्रले पौडेलको प्रश्न– रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद आउँछ?

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेताहरुले बोलीअनुसारको व्यवहार गर्न नसकेको बताएका छन्। उनले नेताहरुले समाजवादको कुरा गरे पनि त्यसअनुसारको व्यवहार नगरेको बताएका हुन्।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेताहरुले बोलीअनुसारको व्यवहार गर्न नसकेको बताएका छन्। उनले नेताहरुले समाजवादको कुरा गरे पनि त्यसअनुसारको व्यवहार नगरेको बताएका हुन्। 

सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवादः चुनौती र सम्भावना विषयक कार्यक्रममा उनले नेताहरुको व्यवहार र बोलीमा एकरुपता नभएको बताए। 

उनले मन्त्री बन्न सबैको पालो पुर्याउन खोज्नु समाजवादी चरित्र नभएको बताए। ‘रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ? हाम्रो चरित्र, आचार र व्यवहारमा समाजवाद छ कि छैन, त्यो महत्वपूर्ण हो,’ उनले भने, ‘हाम्रो संस्कार बदलिनुपर्छ, नेता बदलिनुपर्छ, कार्यकर्ता बदलिनुपर्छ।’ 

नेकपा एकीकृत समाजवादी पार्टीले फिर्ता बोलाएपछि राजीनामा दिएकी झाँक्री आइतबार आफ्नो मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा 

रोएकी थिइन्।

प्रकाशित: Jun 27, 2022| 16:45 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...