मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • करका दर घटबढ गर्ने अर्थमन्त्रीको अधिकार हो, राजीनामा दिन्नँ : जनार्दन

करका दर घटबढ गर्ने अर्थमन्त्रीको अधिकार हो, राजीनामा दिन्नँ : जनार्दन

अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा करका दर हेरफेर गर्ने अधिकार अर्थमन्त्रीमा निहीत रहेको दाबी गरेका छन्।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा करका दर हेरफेर गर्ने अधिकार अर्थमन्त्रीमा निहीत रहेको दाबी गरेका छन्।

राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै सोमबार मन्त्री शर्माले करका दर बढाउँदा देश र जनतालाई हित गर्‍यो कि गरेन, उद्योगलाई कस्तो असर पर्‍यो भन्ने मुख्य विषय भएको बताए। उनले भने, ‘करका  दर बढाउनै पाइँदैन भन्ने होइन। करको दर घटबढ गर्ने अर्थमन्त्रीको अधिकार हो।’ 

सबै वर्गको सुझावका आधारमा बजेट प्रस्तुत गरिएको उनले दाबी गरे। कसैले राजीनामा माग्दैमा आफूले नदिने पनि उनले प्रष्ट पारे। शर्माले भने, ‘बजेट देश र जनताको पक्षमा ल्याएका कारण कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यही गर्नुपर्छ भन्ने होइन। सही र गलत भोलि इतिहासले पुष्टि गर्नेछ, मैले गरेका निर्णयप्रति म जवाफदेही छु।’

बजेटमा कृषि क्षेत्रको रुपान्तरण गर्ने विषय समेटिएको उनले बताए। चालू आर्थिक वर्षमा हालसम्म ३ खर्ब ५८ अर्बको खाद्यान्न आयात भएको बताउँदै उनले यसलाई प्रतिस्थापन गर्नेगरी बजेटमा विभिन्न उद्योगका लागि कच्चा पदार्थमा छुट दिइएको बताए। विद्युतीय गाडीका सन्दर्भमा जवाफ दिँदै उनले महँगा गाडीमा सञ्चिति डलर बढी जाने भएकाले केही कर बढाइएको बताए। उनले भने, ‘सस्ता बिजुली गाडी पर्याप्त छन्। ठूला गाडीमा डलर पनि बढी बाहिर जाने भएकाले थोरै मात्र राजश्व बढाइएको हो।’

सरकारी निकायबाट पेट्रोलियम गाडी नकिन्ने, विद्युतीय मात्रै किन्ने व्यवस्था पनि बजेटमा भनिएजस्तै बिजुली गाडीलाई प्रोत्साहन गर्न ल्याइएको उनले बताए। स्यानिटरी प्याडका सन्दर्भमा महिलाको स्वास्थ्यमा ध्यान दिएर सहजीकरण गर्न खोजिएको उनले बताए। सरकारले देशभित्र बन्नेभन्दा धेरै प्याड खरिद गर्ने जिम्मा लिएको उनले बताए।

प्रकाशित: Jun 27, 2022| 16:20 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...