मंगलबार, साउन २६, २०८३

शेखर कोइरालाले गरे अर्थतन्त्रबारे विज्ञहरुसँग छलफल

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको अर्थतन्त्रका बारेमा विज्ञहरुसँग छलफल गरेका छन्।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको अर्थतन्त्रका बारेमा विज्ञहरुसँग छलफल गरेका छन्।

अर्थतन्त्र निरन्तर विग्रँदो अवस्थामा रहेको भनेर विश्लेषण भइरहेका बेला शेखरले विज्ञहरुसँग छलफल गरेका हुन्। शेखरले सोमबार बिहान होटल मल्लमा  राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोख्रेल, पूर्व मुख्य सचिव डा= विमल कोइराला, विश्लेषकहरू अच्युत वाग्ले, पुरञ्जन आचार्य लगायतसँग मुलुकको अर्थतन्त्रका बारेमा छलफल गरेका हुन्। 

छलफलमा सहभागि कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पोखरेलले अर्थतन्त्रका बारेमा गम्भीर हुन विज्ञहरुले सुझाव दिएको जानकारी दिए। देशको अर्थतन्त्रप्रति कांग्रेस गम्भीर हुन आवश्यक रहेकामा विज्ञहरुले जोड दिएका थिए। छलफलमा आर्थिक अनुशासन उल्लंघन गरिरहेका संस्था, संरचना र व्यक्तिलाई परिवर्तन गर्नुपर्ने सुझाव समेत विज्ञहरुले शेखरलाई दिएका छन्। 

जवाफमा शेखरले प्राप्त सुझावलाई  केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उठाउने बताएका थिए।

प्रकाशित: Jun 27, 2022| 15:50 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...