मंगलबार, साउन २६, २०८३

कार्यकर्तालाई घरघरै पुगेर कलमको प्रचार गर्न नेता नेपालको उर्दी

अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित रहन नेतृत्व पंक्ति र कार्यकर्तालाई नेता नेपालले निर्देशन दिएका छन्।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित रहन नेतृत्व पंक्ति र कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीले १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने घोषणा गरे।

पार्टीको पहिलो केन्द्रीय परिषद् बैठक उद्घाटन कार्यक्रममा नेता नेपालले नेकपा एसले चुनावमा अधिकतम सफलता हासिल गर्ने गरी वातावरण बनाउनुपर्ने बताए । उनले पार्टीमा आबद्ध प्रत्येक कार्यकर्तालाई जनताको घर–घरमा पुगेर कलमको प्रचार गर्न आग्रह गरे।

‘हामीले १६५ निर्वाचन क्षेत्रमा अहिलेदेखि नै उम्मेदवारको तयारी गर्नुपर्छ । कति ठाउँमा डमी उम्मेदवार पनि उठाउनुपर्ने हुन सक्छ । पालिका–पालिका, वडा–वडामा कार्यकर्ता खटाउनुपर्छ । बुथ–बुथमा टोल–टोलमा कमिटी बनाउनुपर्छ,’ नेता नेपालले भने।

नेकपा एसले स्थानीय निर्वाचनमा  २८ प्रतिशत मात्रै उम्मेदवार खडा गर्दा पनि ९ लाख मत प्राप्त गर्न सफल भएको अध्यक्ष नेपालको दाबी छ।

‘सबै ठाउँमा उम्मेदवार उठाएको भए योभन्दा दोब्बर, तेब्बर मत प्राप्त गर्ने थियौं । २० लाख भोट सजिलै आउने थियो,’ उनले भने, ‘यदि प्रतिनिधिसभा र प्रदेशसभामा २० लाख भोट ल्यायौं भने केही सिट सुरक्षित गर्न सक्नेछौं ।’

स्थानीय चुनावमा अत्यधिक भोट बदर भएर नेकपा एसले धेरै ठाउँमा हारेको उनले बताए। काठमाडौं महानगरमै ५० हजार बढी भोट बदर हुँदा पार्टीका उपमेयर उम्मेदवारले पराजय भोग्नुपरेको उनको दाबी थियो।

प्रकाशित: Jun 27, 2022| 14:10 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...