सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आईजीपी मुद्दामा के हुँदैछ? महान्यायाधिवक्ताको तर्क– विश्वराज प्रतिष्पर्धीमात्र हुन्, योग्य होइनन्

आईजीपी मुद्दामा के हुँदैछ? महान्यायाधिवक्ताको तर्क– विश्वराज प्रतिष्पर्धीमात्र हुन्, योग्य होइनन्

महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपाल प्रहरीको महानिरीक्षक पदका दाबेदार विश्वराज पोखरेल योग्य पात्र नरहेको तर्क गरेका छन्।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपाल प्रहरीको महानिरीक्षक पदका दाबेदार विश्वराज पोखरेल योग्य पात्र नरहेको तर्क गरेका छन्।

National life

नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि भइरहेको सुनुवाइमा प्रतिवादीको तर्फबाट बहस गरिरहेका खातीले यस्तो तर्क गरेका हुन्। 

‘आईजीपीका लागि उपयुक्त पात्र धीरजप्रताप सिंह नै हुन्। विश्वराज पोखरेल पनि प्रतिष्पर्धी हुन् तर आईजीपीका लागि योग्य होइनन्,’ बहसका क्रममा उनले भने। उनले आईजीपीका लागि उपयुक्त हुन सरकारले कामकर्तव्य तोकेको र त्यसका आधारमा नै निर्णय गरेको बताए।  ‘आईजीपी बनाउने कुरा सरकारको विशेषाधिकारभित्र पर्छ,’ उनले भने,  ‘सरकारले विश्वराजलाई उपयुक्त देखेन। उपयुक्त नदेखेको व्यक्तिलाई जेष्ठताकै आधारमा आईजीपी बनाउनु पर्छ भन्ने छैन।’

यसअघि सात जना न्यायाधीशको इजलासले पनि सरकारको विशेषाधिकारबारे व्याख्या गरिसकेको विषय पनि उनले बहसका क्रममा स्मरण गराए। यतिखेर सर्वोच्च अदालतमा आईजीपी मुद्दाको  सुनुवाइ भइरहेको छ। सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा सरकारी वकिलहरूले बहस सुरु गरेका हुन्। 

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज भइरहेको सुनुवाइ पाँचौंपटक हो। सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले पनि प्रतिवादीका तर्फबाट अदालतमा बहस गरिसकेका छन्। एआईजी पोखरेलको तर्फबाट भने गत असार ५ गते बहस भएको थियो। कामु प्रधानन्यायाधीश कार्कीसहितको इजलासमा यो तेस्रो बहस हो। 

Shivam cement

यो मुद्दाको प्रारम्भिक सुनुवाइकै क्रममा रिटलाई अग्राधिकार दिँदै पेशी दुवै पक्षले सार्न नमिल्ने र लगातार सुनुवाइ गरी अन्तिम फैसला गर्नु भन्ने आदेश भए पनि मुद्दाको टुंगो लाग्न सकेको छैन। ‘हेर्दाहेर्दै’मा लाँदै मुद्दाको अन्तिम फैसलामा ढिलाइ भइरहेको छ। यसरी नै ढिलाइ भइरहे मुद्दाको फैसला नहुँदै साउन २० गते एआईजी पोखरेल अनिवार्य अवकाशमा जानेछन्।

प्रकाशित: Jun 27, 2022| 14:01 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...