मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रमन्त्री खड्काले भने– नेपाल सामरिक वा रणनीतिक गठबन्धनमा जोडिँदैन

परराष्ट्रमन्त्री खड्काले भने– नेपाल सामरिक वा रणनीतिक गठबन्धनमा जोडिँदैन

लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका नेपाल, भारत सीमासम्बन्धी समस्या समाधानका लागि सरकारले भारतसँग कूटनीतिक स्तरमा वार्ताको प्रयास गरिरहेको परराष्ट्रमन्त्री खड्को भनाइ छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाललाई कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नगराइने प्रतिबद्धता जनाएका छन्।

सोमबारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, २०७९ मा परराष्ट्र मन्त्रालयअन्तर्गत उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले नेपालको राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरीत हुने गरी कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नगराइने बताएका हुन्।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको उनको भनाइ छ।

‘नेपालको राष्ट्रिय हित र अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीति विपरीत कुनै सामरिक वा रणनीतिक गठबन्धनमा नेपाल प्रवेश गर्दैन’, उनले भने, ‘सरकारले अवलम्बन गरेको नीतिको फलस्वरुप अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा अझ बढेको छ । छिमेकी मित्रराष्ट्र, दक्षिण एसियाली मुलुक, प्रमुख शक्तिराष्ट्र, विकास साझेदारलगायत सबै राष्ट्रसँगको सम्बन्ध अझ मैत्रीपूर्ण एवं सहयोगात्मक बनेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा तथा उपक्षेत्रीय मञ्चमा नेपालको उपस्थिति थप प्रभावकारी देखिएको छ।’

मन्त्री खड्काले अन्तर्राष्ट्रिय सीमाको नियमित रूपमा निरीक्षण गर्ने गरी सरकारले कार्यक्रम तय गरेको बताए। उनले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका नेपाल, भारत सीमासम्बन्धी समस्या समाधानका लागि सरकारले भारतसँग कूटनीतिक स्तरमा वार्ताको प्रयास गरिरहेको जानकारी दिए।

‘राजनीतिक तथा कूटनीतिक भेटघाट तथा भ्रमण आयोजना गर्दा नेपालले अवलम्बन गर्दै आएको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिलाई ध्यानमा राखेरै गरिनेछ। मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, स्वाधीनता, सीमा सुरक्षा, सीमा व्यवस्थापनजस्ता विषयमा सरकार गम्भीर रहेको छ।’ 

उनले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका नेपाल, भारत सीमासम्बन्धी नसुल्झिएका विषयलाई सुल्झाउन कूटनीतिक स्तरमा वार्ता गर्न नेपालबाट भारतसमक्ष निरन्तर प्रयास हुँदै आएको जानकारी दिए।

प्रकाशित: Jun 27, 2022| 13:34 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...