शुक्रबार, कात्तिक २८, २०८२

सामाजिक सद्भावमा खलल पुर्‍याउने तीज गीत सार्वजनिक नगर्न आग्रह

२०७९ को तीजको अवसरमा सार्वजनिक हुने ती गीतमा द्विअर्थी र अपाच्य किसिमको शब्द प्रयोग नगर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आग्रह गरेको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं- २०७९ को तीजको अवसरमा सार्वजनिक हुने ती गीतमा द्विअर्थी र अपाच्य किसिमको शब्द प्रयोग नगर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आग्रह गरेको छ।

National life

सामाजिक सद्भावमा खलल पुर्‍याउने खालका गीत सार्वजनिक गरिएमा प्रतिष्ठानले सम्पूर्ण सेवा सुविधाबाट वञ्चित गरिने विज्ञप्तिमार्फत जनाएको छ। 

‘संस्थागत आग्रहलाई बेवास्ता गरिए साधारण सदस्यता लगायत संस्थागत सेवाबाटसमेत वञ्चित गरिनेछ’, प्रतिष्ठानका अध्यक्ष रमेश बीजीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

अघिल्ला वर्षहरूमा सार्वजनिक भएका तीज गीत मौलिकताको नाममा छाडा हुँदै गएको भन्दै प्रतिष्ठानले त्यस्तो नगर्न आग्रह गरेको हो। तीजका गीतमार्फत बढ्दो विकृति, विसंगति र अभद्र श्रव्यदृश्य समावेश भएको गुनासो आएकाले त्यसो नगर्न प्रतिष्ठानले अनुरोध गरेको छ।

‘सम्पूर्ण स्रष्टा, सर्जक, गायक, गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकमा सामाजिक सद्भावमा खलल पुर्‍याउने एवं अभद्र र नियतवश द्विअर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न/नगराउन आग्रह गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।

Laxmi sunrise bank
kumari



प्रकाशित: Jun 27, 2022| 13:23 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्