सोमबार, असार ८, २०८३

जर्मनीले नेपाललाई दिइराखेको सहयोग नरोक्ने

नेपाललाई दिँदै आएको विकास सहायता जर्मनीले जारी राख्ने भएको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– नेपाललाई दिँदै आएको विकास सहायता जर्मनीले जारी राख्ने भएको छ। यसअघि नेपाललाई दिँदै आएको द्विपक्षीय विकास सहयोग सन् २०२३ पछि जानकारी गराएको  जर्मनीले अहिले सहायता निरन्तर रहने जनाएको हो। 

National life

सन् २०१९ मा जर्मन सरकारले सहयोग रोकिने जानकारी नेपाल सरकारलाई दिएको थियो। जर्मनीको यस्तो निर्णयपछि नेपालका तर्फबाट उक्त निर्णयमाथि पुनर्विचार गर्न अनुरोध गरिएको थियो ।  

एन्जेला मर्केल जर्मन चान्सलर हुँदा त्यहाँको सरकारले नेपालसहित केही मुलुकलाई सन् २०२३ पछि विकास सहयोग बन्द गर्ने निर्णय गरेको थियो। 

नेपालस्थित जर्मन दूतावासका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेर नयाँ जर्मन चान्सलर ओलफ सोल्जले सन् २०२३ पछि पनि नेपाललाई विकास सहायता नरोकिने प्रतिबद्धता जनाएका छन्। नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जले प्रधानमन्त्री देउवालाई आइतबार भेटेर चान्सलर सोल्जको पत्र हस्तान्तरण गरेको दूतावासले जनाएको छ। पत्रमा जर्मनीको सहयोग दिगो आर्थिक विकास, जलवायु र ऊर्जा तथा स्वास्थ्य र सामाजिक सुरक्षा क्षेत्रमा खर्च गर्न सुझाव दिइएको छ। 

‘जर्मन सरकारले नेपालसँग द्विपक्षीय विकास सहयोग जारी राख्ने निर्णय गरेकोमा म अत्यन्तै खुसी छु। यसले हामीलाई जलवायु परिवर्तनजस्ता महत्वपूर्ण चुनौतीहरूलाई संयुक्त रूपमा सामना गर्ने अवसर प्रदान गरेको छ,’ जर्मन राजदूत प्रिन्जले विज्ञप्तिमा भनेका छन्।

Shivam cement

जर्मनीको संघीय आर्थिक सहयोग र विकास मन्त्रालयका अधिकारीहरु नेपालसँग वार्ताका लागि सन् २०२२ भित्रै आउने भएका छन्। नेपाल र जर्मनीबीच ६० वर्षभन्दा लामो समयदेखिको द्विपक्षीय सहयोग आदानप्रदान हुँदै आएको छ। जर्मन विकास सहयोग नियोगले दिगो विकास लक्ष्य हासिल गर्ने नेपालको प्रयासलाई सहयोग गर्दै आएको छ। जर्मन सरकारले कोभिड–१९ पश्चात तत्काल सहयोग समेत प्रदान गरेको थियो। 

जर्मन राजदूत प्रिन्जसँगको भेटपछि ट्विट गर्दै प्रधानमन्त्री देउवाले जर्मन चान्सलर सोल्जलाई जारी सहयोगका लागि धन्यवाद दिएका छन्। ‘लामो समयदेखिको विकास साझेदारका रूपमा जर्मनीले नेपालको प्राथमिकताका क्षेत्रहरु जस्तै ऊर्जा, स्वास्थ्य र व्यापार, लगानी लगायतमा सहयोग गर्दै आएको छ। 

हरित अर्थतन्त्र तथा कोरोना महामारीपछिको आर्थिक पुर्नस्थापना चलिरहँदा म चान्सलर सोल्जलाई नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेकोमा धन्यवाद दिन चाहन्छु,’  प्रधानमन्त्री देउवाले ट्विटमा भनेका छन्।   

प्रकाशित: Jun 27, 2022| 13:20 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...