काठमाडौं- चलचित्र शत्रुगतेको टिमले नयाँ चलचित्रको घोषणा गरेको छ।
एकसय दिन मनाउन सफल रहेको शत्रुगतेको टिमले हरेक वर्ष एउटा चलिचत्र बनाउदै जाने भन्ने उद्घोषका साथ हिजो राजधानीमा एक कार्यक्रम बीच दाल भात तरकारी बनाउने निर्णय गरेको छ।
'दाल भात तरकारी' नामक चलित्रमा वर्तमान नेपालमा घटेको राजनीतिक घटनाक्रम र सामाजिक अवस्थालाई हाँस्यव्यङ्ग्यमार्फत प्रस्तुत गर्न लागेको निर्माण पक्षले जनाएको छ।
मह सञ्चारको प्रस्तुति रहने चलिचत्रलाई किरण केसीको निर्माण रहने बताइएको छ। हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, वसुन्धारा भुसाल, पुष्पल खड्का, प्रियङका कार्की, स्वास्तिमा खड्का जस्ता चर्चित कलाकारहरू समेटिएको दाल भात तरकारीलाई सुदन केसीले निर्देशन गर्दै छन्।
मंसिरको पहिलो साताबाट छायांकनमा जाने बताइएको दालभात तरकारीलाई आगामी २०७६ बैशाख १३ गते देशभर प्रदर्शन गर्ने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४