मंगलबार, साउन २६, २०८३

नेकपा एसका नयाँ मन्त्रीले लिए सपथ

शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई सपथ खुवाएकी हुन्।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।

शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई सपथ खुवाएकी हुन्।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकासमन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन्।

सपथपछि मन्त्रीहरूले सोमबार नै आ–आप्mनो मन्त्रालय पुगेर कार्यभार सम्हाल्नेछन्।

यसअघिका पर्यटनमन्त्री प्रेम आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर नेकपा एसले नयाँ अनुहार अगाडि सारेको हो।

यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ स्वास्थ्य मन्त्री बनेका छन् भने हिरा केसी पहिलो पटक राज्यमन्त्री बनेका छन्।

प्रकाशित: Jun 27, 2022| 11:58 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...