सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपालप्रति योगेशको व्यंग्य- कमरेड दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्

माधव नेपालप्रति योगेशको व्यंग्य- कमरेड दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्

नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दुई सय वर्ष बाँच्न र पदमा रहिरहन सुझाव दिएका छन्।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दुई सय वर्ष बाँच्न र पदमा रहिरहन सुझाव दिएका छन्।

National life

केही दिन पहिले भट्टराईले नेपाललाई राजनीति र जीवन दुवैको उत्तरार्द्धमा रहेकाले संन्यास लिएर बस्न सुझाव दिएका थिए। त्यसपछि उनको एकीकृत समाजवादीका नेताहरूले विरोध गरेका थिए।

सोमबार बिहानै भट्टराईले माधव नेपालसँगको आफ्नो सम्बन्धको स्मरण गर्दै ११ बुँदा लेखेर प्रस्ट्याएका छन्।

'कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्दा र अशिष्ट टिप्पणी गर्नु भयो। वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौं। अस्ति फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो। अनि मैले वहाँ कै हित हुने गरी जीवनोपयोगी जवाफ फर्काए। समाजवादीका युवाहरूको चित्त दुखेछ! माफ गर्नुहोला। तपाईंहरूको चित्त दुखाउनु मेरो मनसाय होइन। अब उनीहरू खुसी हुनेगरी म भन्न चाहन्छु, कमरेड माधव नेपाल दुई सय वर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना,' उनले भने।

उनले पञ्चायतकालमा कमरेड रञ्जनको उपनामले आफूले माधव नेपाललाई चिनेको बताए। त्यतिबेला उनीबाट नै आफूले थुप्रै प्रशिक्षण लिएको भट्टराईको भनाइ छ। उनले माधव नेपालका राम्रा गुणको खुलेर प्रशंसा गरेको र कमजोरीको खुलेरै विरोध गरेको बताए। उनले नेपाललाई चिनेदेखि आफूहरूको सम्बन्धमा उतार चढाव रहेको र यो जारी रहने पनि बताए।

Shivam cement

'नेकपा एमालेको पाँचौँ महाधिवेशन (२०४९) मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनवादका पक्षमा खुल्नु भएको हो। हामी सुरु देखिनै मदन भण्डारीको नेतृत्व र विचारलाई स्थापित गर्न लागेका हौं,' उनले लेखेका छन्, 'छैठौँ महाधिवेशनमा वहाँ पार्टीको महासचिव हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन।'

सातौँ महाधिवेशनबाट उनी पुनः पार्टीको महासचिव भएकोमा आफ्नो समर्थन नेपाललाई भएको भट्टराईले प्रस्ट्याएका छन्। आठौँ महाधिवेशनमा नेपालले आफ्नो धार बदल्दा आफूहरू उनीसँग नलागेको भट्टराईले बताए।

'नवौँ महाधिवेशनमा वहाँ पुरानै धारमा फर्कनु भयो। अध्यक्षको उम्मेदवार हुनुभयो। हामीले साथ दियौँ। जित्नु भएन,' उनले भने, 'प्रधानमन्त्री केपी ओलीका विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो। मैले मानिन र गरिन।' नेकपा एमाले विभाजनको औचित्य नभएको र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र भएको आफ्नो प्रस्ट बुझाइ रहेको उनी बताउँछन्। त्यसैले अलग पार्टी बनाउन आफूले नेपाललाई साथ दिन नसकेको भट्टराईले बताए। त्यसमा आफूलाई कुनै पछुतो नरहेको पनि उनले बताए।

'२०५३ सालमा म अखिलको अध्यक्ष थिएँ। राष्ट्रिय सम्मेलनबाट चुनिएको। वहाँ पार्टीको महासचिव। वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो। वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएँ,' उनले भने। उनले आफू मार्क्सवादी चेत भएको र गुरुहरूले व्यक्ति, घटना तथा विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिएको बताएका छन्। 

गुरुहरूप्रति आफ्नो सदा सम्मान रहेको बताउँदै भट्टराईले माधव नेपाललगायत सबैलाई यही मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गरेको बताएका छन्। उनले आफू कसैको अन्ध समर्थक र अन्ध विरोधी नभएको बताए। उनले नेपालसँग सवाल जवाफ गर्नु आफ्नो मनसाय नभएको पनि बताएका छन्। उनले

२०७९ ज्येष्ठ १३ गते बिहान काठमाडौं-धनगढी हवाई यात्राको क्रममा तयार गरेको यो छोटो स्मरण रहेको समेत प्रस्ट्याएका छन्।

प्रकाशित: Jun 27, 2022| 09:03 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...